११ चैत्र २०८०, आइतबार । March 24, 2024

मुख्य खबर

सिलिन्डर बम विस्फोट, दुईवटा घरमा क्षति



भक्तपुर, २९ वैशाख । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा अज्ञात समूहले आज विहान सिलिन्डर बम विस्फोट गराएको छ ।
दुवाकोटको काठमाडौं मेडिकल कलेजनजिकै राप्रपाका नेता माधव खत्रीको घरअगाडि विहान करिब ३ बजे ठूलो आवाज आउने गरी सिलिन्डर बम विस्फोट भएको खत्रीले जानकारी दिए ।
बम विस्फोट हुँदा खत्रीको घरका आठवटा झ्यालको सिसा र पुष्प प्रधानाङ्गको घरको चारवटा झ्यालको सिसा फुटेको महानगरीय प्रहरी वृत्त, थिमिले जानकारी दिएको छ ।
घटनाको प्रहरीले अनुसन्धान सुरु गरी घटनामा संलग्नको खोजी सुरु गरेको प्रहरी नायब उपरीक्षक श्याम ओलियाले जानकारी दिनुभयो । यसअघि बुधबार राति १२ बजे लोकन्थलीमा पनि सिलिन्डर बम विस्फोट गराउने तयारी गरेको थाहा भएपछि नेपाली सेनाको टोलीले निष्क्रिय गरेको थियो ।

प्रकाशित : २९ बैशाख २०७४, शुक्रबार ००:००