७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

नयाँ शक्ति र फोरमबीच तालमेल हुने



वालिङ, १९ वैशाख । स्थानीय निकायको निर्वाचन नजिकिइरहेका बेला स्याङ्जामा पनि क्रियाशील राजनीतिक दलले तयारी तीव्र पारेका छन् । जिल्लामा क्रियाशील कतिपय दलले उम्मेदवारको टुङ्गो लगाइसकेको अवस्था छ ।

विशेषगरी नेपाली काँग्रेस र नेकपा ९एमाले० बीच बढी प्रतिस्पर्धा हुने स्याङ्जामा अन्य दलले पनि तयारी अन्तिम चरणमा पु¥याएका छन् ।

यसपटकको स्थानीय निकायको निर्वाचनमा स्याङ्जामा नयाँ शक्ति नेपाल र सङ्घीय समाजवादी फोरमबीच चुनावी तालमेल हुने भएको छ । जिल्लाका ११ वटै स्थानीय तहमा दुई दलले चुनावी तालमेल गर्ने सहमति गरी सात सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

सङ्घीय समाजवादी फोरमका पोलिटब्यूरो सदस्य महेन्द्र थापा र नयाँ शक्ति नेपालका अध्यक्ष शोभाखर ढकालबीच चुनावी तालमेल गरी संयुक्त उम्मेदवार उठाउने सहमति भएको हो । यसैगरी, हेमन्त थापाको अध्यक्षतामा एकसय एक सदस्यीय प्रचार–प्रसार समिति र ताराप्रसाद भुसालको संयोजकत्वमा आर्थिक समिति पनि गठन गरिएको छ ।

प्रकाशित : १९ बैशाख २०७४, मंगलबार ००:००