६ बैशाख २०८१, बिहिबार । April 18, 2024

मुख्य खबर

जिप दुर्घटनामा एकको मृत्यु



सल्लेरी (सोलुखुम्बु), ११ वैशाख । दूधकौसिका गाउँपालिका–८ देउसामा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । सोताङ गाउँपालिका–५ मसेदा निवासी ३० वर्षीया विष्णुमाया बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले जनाएको छ ।
घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । दुई महिनाको शिशुसहित घाइते सबैको उद्धार गरी जिल्ला अस्पताल फाप्लु ल्याइँदैछ । दूधकौसिका गाउँपालिका–८ दिप्लीघाटबाट कटारीका लागि छुटेको बा१२च ३६४७ नंको बोलेरो उकालोमा ब्रेकफेल हुँदा दुर्घटना भएको घटनास्थलबाट ट्राफिक प्रहरी इन्चार्ज भेषबहादुर थापाले जानकारी दिए । जिप सडकदेखि करिब ७० मिटर तल खसेको थियो

प्रकाशित : ११ बैशाख २०७४, सोमबार ००:००