८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

सरकारले हरेक क्षेत्रमा सकारात्मक परिणाममुखी काम गरेको छ : प्रधानमन्त्री



काठमाडौँ, ११ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले हरेक क्षेत्रमा सकारात्मक परिणाममुखी काम गरेको बताएका छन् ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको आठौँ बैठकमा बोल्दै प्रतिष्ठानका कुलपतिसमेत रहेएका प्रधानमन्त्री दाहालले नेपाली जनतालाई स्वास्थ्यमा पहुँच पु¥याउन नयाँ आयामबाट काम अघि बढेको बताए ।
उनले भने, “स्वास्थ्य क्षेत्रमा धेरै नयाँ प्रयास भएको छ । स्वास्थ्यमन्त्रीको सक्रियताले स्वास्थ्य क्षेत्रमा केही नयाँ काम गर्न सकिएको हो । पछिल्लो समय स्वास्थ्य विज्ञान प्रतिष्ठानले गति लिन थालेका छन् । स्वास्थ्य मन्त्रालयसँग निरन्तर छलफल र समन्वय गरी प्रतिष्ठानका समस्या हल गर्नुपर्छ ।”
उनले प्रतिष्ठानका पदाधिकारीलाई रचनात्मक र जवाफदेही भएर अनुसन्धानका क्षेत्रमा पनि काम गर्न आग्रह गर्दै जनताको जीवनमा परिवर्तन ल्याउने सङ्कल्पका लागि आग्रह गरे ।
सभामा बोल्दै स्वास्थ्यमन्त्री एवम् प्रतिष्ठानका सहकुलपति गगनकुमार थापाले स्वास्थ्य मन्त्रालयले नागरिकको स्वास्थ्य संवेदनशीलतालाई केन्द्रमा राखेर नीतिगत र व्यावहारिक काम गर्न लागिपरेको उल्लेख गरे ।
उनले प्रतिष्ठानले उठाएका विषयमा मन्त्रालयले छलफल गरी अघि बढ्ने बताए । “प्रतिष्ठानको केही नियमावलीमा संशोधन गर्नुपर्ने विषय उठेको छ । यसका लागि मन्त्रालयले समिति बनाएर तत्काल काम गर्नेछ ।” सभामा प्राज्ञिक, नीतिगत, प्रशासनिक र जनशक्ति व्यवस्थापनका विषयमा १४ वटा प्रस्ताव छलफल र निर्णयका लागि प्रस्तुत गरिएको थियो ।
मुख्यगरी प्रतिष्ठानको कर्मचारी सेवाका सर्त र सुविधासम्बन्धी नियमावली, २०६७, आर्थिक प्रशासन नियामावली, २०६७ र विद्यार्थी भर्ना तथा छात्रवृत्तिसम्बन्धी नियमावली संशोधन गर्नुपर्ने, छात्रवृत्ति कोष स्थापनाका लागि डालो कोष खडा गरी देशीविदेशी संस्थालाई अनुरोध गर्ने, त्रिवि ललितपुर नर्सिङ क्याम्पसमा अध्यापन हुने शैक्षिक कार्यक्रम पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको छाताबाट सञ्चालन गर्ने विषयमा गरिएको प्रस्तावमा ती विषय स्वास्थ्य मन्त्रालयसँग छलफल गरी अगाडि बढ्ने निर्णय सभाले गरेको छ ।
सभाले सेवा आयोगको सदस्यमा प्रतिष्ठानका पूर्वनिर्देशक प्राडा पवनकुमार शर्मा, प्राज्ञिक परिषद्को रिक्त सदस्य पदमा नर्सिङ सङ्काय प्रमुख, स्कुल अर्फ पब्लिक हेल्थका कार्यक्रम संयोजक, मेडिसिन एन्ड एलाइड संयोजक, सर्जरी एन्ड एलाइड, बेसिक एन्ड एलाइड हेल्थ साइन्सेज संयोजक र परिषद्को सिफारिसमा महिलातर्फ सहप्रध्यापक डा अल्का सिंह, डा पुकार मास्केलाई मनोनयन गर्ने निर्णय गरेको छ ।
परिषद्मा स्वास्थ्यमा विशिष्ट योगदान पु¥याएका व्यक्तिमध्येबाट प्राडा निलम अधिकारी, प्राडा शरदराज वन्तलाई सभाले मनोनयन गरेको छ । सभाले प्रतिष्ठानको सभा सदस्यमा चन्दादातामध्येबाट कार्यकारी परिषद्को सिफारिसमा भाटभटेनी सुपरमार्केट प्रालिका संयोजक मीनबहादुर गुरुङलाई मनोनयन गरेको छ । उहाँले हरेक वर्ष एमबिबिएसमा हरेक वर्ष दुई सिट उपलब्ध गराउँदै आउनुभएको छ । अहिले विभिन्न जिल्लाका आठ सिटमा अध्ययन गरिरहेका छन् भने दुईजना रोल्पा र सप्तरीमा काम गरिहेका छन् ।
प्रतिष्ठानका उपकुलपति प्राडा भरतकुमार यादवले प्रगति तथा भावी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । आव २०७३÷७४ मा रु एक अर्ब ३० करोड ९७ लाख १० हजार प्रस्ताव गरी ५९ प्रतिशत अस्पतालमा र ४१ प्रतिशत प्राज्ञिकतर्फ खर्च गरिने अनुमान रहेको बताए ।
आव २०७२÷७३ मा रु एक अर्ब २२ करोड २८ लाख १७ हजार आम्दानी भएको र रु एक अर्ब २३ करोड ३८ लाख नौ हजार खर्च भएको उपकुलपति यादवले सभालाई जानकारी दिए ।

प्रकाशित : ११ बैशाख २०७४, सोमबार ००:००