१३ बैशाख २०८१, बिहिबार । April 26, 2024

मुख्य खबर

झापाको छ वटै स्थानीय तहमा माओवादीको उम्मेदवार टुङ्गो



दमक, ११ वैशाख । नेकपा ९माओवादी केन्द्र०ले तीन नगरपालिकासहित छ स्थानीय तहमा आगामी निर्वाचनका लागि प्रमुख र उपप्रमुखमा उम्मेदवारको टुङ्गो लगाएको छ ।
माओवादी केन्द्र जिल्ला इन्चार्ज झलकसिंह दर्लामीका अनुसार १५ वटा स्थानीय तहमध्ये दमक, अर्जुनधारा, मेचीनगर नगरपालिका तथा झापा, कचनकवल र कमल गाउँपालिकामा उम्मेदवारको टुङ्गो लगाइएको छ । दमकको नगर प्रमुखमा रेवतराज पुरी (गगन) र उपप्रमुखमा शान्तिदेवी धिमाललाई उम्मेदवार बनाउने निर्णय गर्नुका साथै १० वटै वडामा वडा अध्यक्षसहित अन्य सबै सदस्यको टुङ्गो लागेको छ ।
यस्तै अर्जुनधारा नगरपालिकाको प्रमुखमा भुपेन्द्र न्यौपाने ९विकास० र उपप्रमुखमा सुनिता तामाङ, मेचीनगर नगरपालिकाको प्रमुखमा हंसलाल राजवंशी र इन्दिरा कार्कीलाई उपप्रमुखको उम्मेदवारका रुपमा अघि सारेको जनाइएको छ ।
यसैगरी झापा गाउँपालिकाको अध्यक्षमा रुद्र बजगार्इं र उपाध्यक्षमा पवित्रा राजंवशीको उम्मेदवारी टुङ्गो लागेको चुनाव प्रचारप्रसार संयोजक समेत रहनुभएका नेता दर्लामीले जानकारी दिए ।
यस्तै कमल गाउँपालिकाको प्रमुखमा विमल सङ्ग्रौला र उपप्रमुखमा गौरी राई र कचनकवल गाउँपालिकाको प्रमुखमा हंसनारायण राजंवशी र ईश्वरीमाया गाइनीलाई उपप्रमुखको उम्मेदवार बनाइएको छ ।

प्रकाशित : ११ बैशाख २०७४, सोमबार ००:००