१९ बैशाख २०८१, बुधबार । May 2, 2024

मुख्य खबर

पर्यटन क्षेत्रका लागि बजेट छुटाउन पहल गर्नेछु : उपराष्ट्रपति पुन



काठमाडौं, ३१ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले अब कुनैपनि हालतमा देशमा राजनीतिक स्थायित्व कायम गर्नुपर्ने आवश्यकता औल्याउँदै आर्थिक विकासतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभएका छन् । शिखरपोष्ट मिडियाले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा बुधबार उपराष्ट्रपति कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको आर्थिक सम्बृद्धिका लागि राज्यले मात्रै नभएर निजी क्षेत्रले पनि साझेदारीताको सिद्धान्तलाई आत्मसाथ गर्नुपर्ने बताउए ।
उनले पर्यटन क्षेत्र मुलुकको आर्थिक सम्बृद्धिको पहिलो आधार भएकोले त्यसलाई राज्यले प्राथमिकता राखे अनुसार बजेटको व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै त्यसका लागि आफुले पहल लिने बताए । यहाँका अनगिन्ति सम्भावनाहरुको पहिचान गरी सदुपयोग गर्न नसक्दा आर्थिक सम्बृद्धि सुस्त देखिएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले त्यसलाई चिर्नको लागि चुनाव अपरिहार्य रहेको बताउए ।
कार्यक्रममा नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटा, राष्ट्रिय पर्यटन परिषद सदस्यसमेत रहेका टानका अध्यक्ष चन्द्र रिजाल, निटका उपाध्यक्ष छेटुप तामाङ, नेपाल पर्यटन व्यवसायी संगठनका राष्ट्रिय संयोजक नवराज दाहाल, उद्योग बाणिज्य महासंघका नवनिर्वाचित सदस्य रामशरण थपलियालगायतले मुलुकको पर्यटन र हाइड्रोको विकासका सम्भावना र चुनौतिका बारेमा आआफ्नो धारणा राख्नुभएका थिए । बोल्ने अधिकांश बक्ताहरुले मुलुकलाई सम्बृद्ध बनाउनका लागि हरेक क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औल्याएका थिए । त्यसक्रममा उनीहरुले पत्रकारिताको माध्यमबाट शिखरपोष्टले खेलेको भूमिकाको प्रसंशासमेत गरेका थिए ।
सोही अवसरमा पर्यटन, हाइड्रोलगायत विविध क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो । सम्मानित हुनेहरुमा त्यसैगरी शिखरपोष्टको संरक्षक र सल्लाहकारहरुलाईसमेत सम्मान गरिएको थियो ।
कार्यक्रममा विभिन्न पर्यटकीय संघसंस्था, हाइड्रो क्षेत्र, सामाजिक संघसंस्थाका प्रतिनिधि तथा व्यवसायी, पत्रकार गरी करिब दुई सय जनाको सहभागिता रहेको थियो ।
यसैबीच, अनिस प्रतिष्ठान संस्थाको तर्फबाट साउदी जेलमा रहेका रोल्पा धवाङका दिलबहादुर घर्तीमगरको उद्दारका लागि ३ लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरियो । प्रतिष्ठानका उपाध्यक्ष रामरतन राईले यो रकम परिबन्दमा परेका दिलबहादुर घर्तीमगरको उद्धार अभियान सफल बनाउनको लागि प्रदान गरिएको बताउँदै अभियानलाई थप सशक्त र तीब्र गतिमा अघि बढाउनुपर्ने बताए ।

प्रकाशित : ३१ चैत्र २०७३, बिहिबार ००:००