७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

अर्थ

प्रहरीले घिसार्यो जाहजका यात्रु



३० चैत । अमेरिकाको आन्तरिक उडान भर्न तयार युनाईटेड एयरलाईन्स बाट एकजना यात्रुलाई घिसारेर निकालिएको छ ।
घिसार्ने क्रममा भियतनामी मुलका ६९ वर्षिया अमेरिकी चिकित्सक डियो घाईते भएका छन् । सिकागो देखि लुजियाना यात्रा गर्ने तयारीका क्रममा यस्तो घटना भएको थियो । १० तारिखका दिन भएको घटनामा भिडियो फुटेजमा देखिए अनुसार घिसारिने यात्रुको मुखमा चोट लागेर रगत बगेको दखिन्छ । एयरलाईन्सकै कर्मचारीलाई सिट आवस्यक भएको कारण देखाएर डियो सहित चारजना यात्रुलाई अर्को जाहजमा यात्रा गर्न आग्रह गरेका थिए । तर डियोले आग्रह मानेनन् र उनलाई प्रहरीले घिसार्दै जाहज वाहिर झिकेका थिए । विजनेस ईन्साईडर समाचारका अनुसार डियोले आफु विरामीलाई भेट्नु पर्ने भएकाले जाहजबाट नओर्लने बताएका थिए । घाईते चिकित्सकको अहिले सिकागो अस्पतालमा उपचार भईरहेको छ ।
स्थानिय एविसी न्युजका अनुसार यात्रुलाई घिसारेको विषयमा एयरलाईन्सको तर्फबाट यात्रुसँग माफी मागेपनि पिडित सँग माफी नमागेको जनाईएको छ । यो घटनाको भिडियो रेकर्ड अन्य यात्रुहरुले गरेर सामाजिक संजालमा हाले पछि भाईरल भएको छ । यस घटनाले युनाईटेड एयरलाईन्स कम्पनीको सेयर मार्केट समेत तल झरेको बताईएको छ ।

प्रकाशित : ३१ चैत्र २०७३, बिहिबार ००:००