८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

पाँचथरका सात गाउँ पालिकामा यस्ता छन दाबेदार (सूचि सहित)



पाँचथर । निर्वाचनका मिति नजिकिएसंगै पहिलो पटक हुन लागेको स्थानीय तहका निर्वाचनमा आकाङक्षीहरु एकाएक मैदानमा ओर्लिएका छन् । २० बर्षपछि नयाँ संरचनामा हुन लागेको निर्वाचनमा आफ्नो आकाङक्षीहरुलाई व्यवस्थापन गर्न प्रमुख दलहरुलाई हम्मेहम्मे परिरहेको छ । जिल्लाको दल प्रमुखहरु सकेसम्म स्थानीय तहमा लोकप्रिय र जित्ने उम्मेदवरका खोजिमा छन् । यति लामो समयपछि हुन लागेको निर्वाचनमा जसरी भएपनि आफ्नो पक्षमा नतिजा पार्न प्रमुख दलहरु कम्मर कसेर लागेका छन् । यस्ता छन् यो ऐतिहासिक स्थानीय तहको निर्वाचनका आकाङ्क्षीहरु

याङवरक गाउँ पालिका :

नेपाली काग्रेसबाट प्रमुखमा यज्ञप्रसाद भट्टराई, राजेन्द्र तिमल्सेना, नारायण कोइराला, सेरबहादुर नुगो, रणबहादुर तावा उपप्रमुखमा योगमाया खरेल, तारा राई र मनिषा काम्बाङको नाम चर्चामा रहेको छ । यसै गरी नेकपा एमालेबाट लेखनाथ घिमिरे नरबहादुर गुरुङ, बिरेन्द्र बहादुर योङया, सुवास योङया, र उपप्रमुखमा बाबा मेन्याङबो, कमला योङहाङ र बिमला दाहालको नाम चर्चामा रहेको छ । यसै गरी नेकपा माओवादी केन्द्रबाट प्रमुखमा अर्जुन बेघा, भिम माबो उप प्रमुखमा इन्दिरा पोखरेलको नाम चर्चामा रहेका छन् ।

हिलिहाङ गाउँ पालिका :

नेकाबाट समरबहादुर अधिकारी जयप्रसाद रिजाल, तुलसी आचार्य, बालकृष्ण ओझा र उपप्रमुखमा नाम खासै चर्चामा छैन । यसै गरी नेकपाएमालेको तर्फबाट भुवानीप्रसाद लिङदेन (गोपेटार) बिमल सापकोटा र भवानी लिङदेन र उपप्रमुखमा रमा खवासका नाम चर्चामा रहेक छ । नेकपा माओवादी केन्दबाट रबिन तिम्सिना भिम वाग्ले रहेका छन भने उपप्रमुखमा खेमकुमारी बुढाथोकी र एलिसा वाग्ले को नाम र्चचामा रहेका छन् ।

फालेलुङ गाउँ पालिका :

नेकाबाट जयप्रकाश बास्कोटा, खगेन्द्र जबेगु, जीवन राईको नाम चर्चामा रहेको छ भने उप प्रमुखमा कल्पना साँवा, रुपा राई र उमा राईको नाम चर्चामा रहेको छ । यसरी नै नेकपा एमालेको तर्फबाट कमल जबेगू, देविप्रसाद नेपाल, नन्दकुमार आङथुपो र रामकुमार राईको नाम चर्चामा रहेको छ भने उपप्रमुखमा तारावती राईकी एक्लो दाबेदार छिन् । नेकपा माओबादीको तर्फबाट प्रमुखमा महेन्द्र जबेगू (फुङनिमा) को नाम चर्चामा आएको छ ।

फाल्गुनन्द गाउँ पालिका :

नेकाबाट बृजाहाङ आङदेम्बे, अमर नेम्बाङ, बिरेन्द्र खड्का, सुरेन्द्रराज आङदेम्बे र उपप्रमुखमा गंगामाया आङदेम्बे र देवित्रा आङदेम्बेको नाम चर्चामा रहेका छन् । यसरी नै नेकपा एमालेबाट प्रेम रिजाल, देवप्रकाश आङदेम्बे बीरबहादुर कुरुम्बाङ,कबिन्द्र नेम्बाङ, र उपप्रमुखमा करुणा राई नेम्बाङको नाम चर्चामा रहेको छ । यसरी नै नेकपा माओवादी केन्द्रका तर्फबाट प्रमुखमा ठाकुरसिं नेम्बाङको नाम चर्चामा रहेका छन् ।

कुम्मायक गाउँ पालिका :

नेका प्रमुखमा बम लावती, गोपाल पोखरेल, दुर्गा बम्जन र उपप्रमुखमा रिता निरौलाको नाम चर्चामा छ । यसरीनै नेकपा एमालेबाट नरबहादुर खड्का, पूर्ण खड्का, जय चेम्जोङ, बालकृष्ण शेर्मा र उपप्रमुखमा सिता आचार्य र तारा लुइटेलको नाम चर्चामा रहेको छ । यसै गरी नेकपा माओवादी केन्द्रको तर्फबाट प्रमुखमा प्रकाश काप्mले र डिकेन्द्र नेम्बाङको नाम चर्चामा रहेका छन् ।

मिक्लाजुङ गाउँ पालिका :

नेकाबाट जयकुमार ढकाल, खड्गशुन्दर लावती, गंगा आङदेम्बे सन्तोष शेर्मा रहेका छन भने उपप्रमुखमा सुनमाया राईको नाम चर्चामा रहेको छ । यसै गरी नेकपा एमालेबाट धनकुमार फियाक, मेघराज घिमिरे सन्तप्रसाद राई नरेन्द्र बस्नेत उप प्रमुखमा उर्मिला राईको नाम चर्चामा रहेका छन् । यसै गरी नेकपा माओवादी केन्द्रबाट अमर माखिम र उपप्रमुखमा जुनु लावतीको नाम चर्चामा रहेका छन् ।

तुम्बेवा गाउँ पालिका :

नेकाको तर्फबाट डेकेन्द्र तामाङ, होम थापा, मित्रप्रसाद थापा, ज्ञानबहादुर भण्डारी, हंश राई उपप्रमुखमा टेककुमारी कुरुम्बाङ, अञ्जना राईको नाम चर्चामा रहेको छ । यसै गरी नेकपा एमालेको तर्फबाट धनकुमार साँवा, गोबिन्द तामाङ, मोतिराज तामाङ, खड्ग देवान, गणेश सम्बाहाम्फे र अशोक राई रहेका छन । यसै गरी राप्रपाको तर्फबाट प्रमुखमा नरेशभक्त चाम्लिङको नाम चर्चामा रहेका छन् ।

अन्य निर्वाचनमा जस्तै यस पटक पनि मुख्य गरी नेपाली काग्रेस र नेकपा एमालेबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । सात गाउँपालिका र एक नगरपालिका रहेको पाँचथरमा ६ वटा तहमा आप्mनो जीत हुने नेपाली काग्रेस पाँचथरका सभापति नरेन्द्रकुमार केरुङको दावी रहेको छ । यसै गरी जिल्लामा रहेका मध्ये कम्तिमा ५ वटा पालिका नेकपा एमालेले कब्जा गर्ने र ६० वडा मध्ये ४० वटा वडामा एमालेको जीत हुने नेकपा एमाले पाँचथरका अध्यक्ष राजकुमार भण्डारीको दावी रहेका् छ ।
निर्वाचनमा नेकपा माओवादीले ३ देखि ४ वटा पालिका र २० वटा वडाहरुमा बिजयी हुने नेकपामाओवादी केन्द्र पाँचथरका सहसंयोजक दिनेश लावतीको दावी छ । त्यसै गरी राप्रपाले सबै गाउँपालिकामा उम्मेदवारी दिने र २ वटा पालिका र १० वटा वडामा राप्रपाका उम्मेदवार बिजयी हुने राप्रपा पाँचथरका सचिव राजकुमार जोशीको दावी छ ।

पाँचथरमा चुनावी सरगर्मी, यस्ता छन् फिदिमको मेयरका दाबेदार (सूचि सहित) 

प्रकाशित : २९ चैत्र २०७३, मंगलबार ००:००