६ जेष्ठ २०८२, सोमबार । May 19, 2025

मुख्य खबर

तोकिएकै मितिमा चुनाव हुन्छ : निर्वाचन आयुक्त शाह



 

सुर्खेत, २८ चैत । प्रदेश नम्बर– २ मा पनि तोकिएकै मितिमा निर्वाचन हुने निर्वाचन आयुक्त सुधीरकुमार शाहले बताउनुभएका छन।

निर्वाचन अधिकृतका लागि निर्वाचन व्यवस्थापन तथा सञ्चालनसम्बन्धी क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दैे उहाँले निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन देशैभरि एकै चरणमा सम्पन्न गर्ने तयारी भइरहेको बताए।

उहाँले सानाभन्दा ठूलाबाट नै निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहेको भन्दै आयोगले अनुगमनको कार्य तीव्र बनाएको समेत बताउए ।

मध्यपश्चिमका प्यूठान, जाजरकोट, डोल्पा, मुगु, दाङ, सल्यान, रुकुम, कालीकोट, हुम्ला र जुम्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्वाचन गराउँदा आवश्यक पर्ने ज्ञान, सीपका विषयमा दुई दिनसम्म व्यापक छलफल हुनेछ । रासस

प्रकाशित : २८ चैत्र २०७३, सोमबार ००:००