३ बैशाख २०८१, सोमबार । April 15, 2024

मुख्य खबर

टुंगियो किरात पत्रकारको वृत्तचित्र यात्रा



किरात राई पत्रकार संघ केन्द्रको आयोजनामा सञ्चालीत एक महिने वृचचित्र यात्रा आईतबार टुगिंएको छ । चलचित्र विकास बोर्डको हलमा प्रमुख अतिथी पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपस्थीतीमा दुई वटा वृतचित्र प्रदर्शन गरियो । पहिलो भागमा संचारकर्मी भीषण राईद्धारा निर्देशित वर्तमान राजनितीमा आदीवासी जनजाती, दलित, मुश्लिम र मधेषी समुदायको पेचीलो पहिचानको राजनैतिक मुद्या उठाइएको सडक संघर्षको कथा वृतचित्र पहिचान प्रदर्शन गरियो । दोस्रो खण्डमा अर्का संचारकर्मी जसकुमार राईद्धारा निर्देशित वृतचित्र बलिदान कहिले मर्दैन प्रदर्शन गरियो । शहिद रत्न कुमार बान्तवाको जीवनी समेटीएको उक्त बृतचित्रमा तत्कालिन समयमा पंचायती व्यवस्थाले कसरी रत्न कुमार बान्तवाको हत्या गरे र उनका उनको जीवन संघर्ष साथै तात्कालिन समयमा पीडित व्यक्तिहरुको कथा समेटिएका थियो ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनालले बान्तवा महान शहिद भएको बताए भने वृतचित्र प्रदर्शनी अवधिमा सहयोद्धा रत्नलाई सम्झेर भावुक बनेका थिए । रत्न बान्तवाको हत्याको प्रत्यक्षदर्शी सहयोद्धा शुशिला श्रेष्ठ पनि भावुक बनेकी थिइन् । उनले भनिन् म अहिले पनि हरेक कार्यक्रममा उहांलाई नै सम्झीरहेकी हुन्छु ।

उक्त वृतचित्र यात्रा ईलाम, झापा, मोरंग, सुनसरी, भोजपुर, धनकुटा, उदयपुर, खोटाग, ओखलढुंगा, सोलु हुंदै राजधानीमा आएर टुंगिएको हो । वृतचित्र यात्रा अत्यन्त समसामयिक भएको र यसले आममानिसमा वास्तविकतामा पहिचानका कुरा सहज रुपमा बुझाउन सकिएको रत्नकुमार बान्तावा राईबारे प्रकाश गर्न सहयोग पुगेको कार्यक्रम संयोजक सन्दिप राईले बताए । उनले आगामी दिनमा किरात राई पत्रकार संघले थप यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

 

प्रकाशित : २८ चैत्र २०७३, सोमबार ००:००