१३ चैत्र २०८०, मंगलबार । March 26, 2024

ग्लोबल

करोडौंको एम्बुलेन्स खोटाङलाई सहयोग



२७ चैत्र ,दिक्तेल । खोटाङ सेवा समाज युकेको सहयोगमा ७ वटा एम्बुलेन्स खोटाङ स्थित विभिन्न स्वास्थ्यचौकीहरुलाई उपलब्ध गराएका छन् ।
जिल्लाको सदरमुकाम दिक्तेलमा आईतवार एक समारोहको आयोजना गरी जिल्लाका विभिन्न स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो । हस्तान्तरित भई एम्बुलेन्स पाउने स्वास्थ्य चौकीहरुमा बुईपा, दोर्पा, चिसापानी, सिमपानी, वाक्सिला, ऐसेलुखर्क र चुईचिमा स्थित डाँडागाउँ स्वास्थ्य चौकी रहेका छन् । १ करोड १३ लाख रुपैयाँ वरावर खर्चेर एम्बुलेन्स ल्याएको समाजका सचिव ईश्वर चाम्लिङले बताए । सोही समारोह मार्फत खोटाङ जिल्ला अस्पताललाई पनि १४ लाख मुल्य बराबरको अल्ट्रासाउड र ईसिजी मेशिन उपलब्ध गराएको छ ।
हस्तान्तरण समारोहमा खोटाङ जिल्लाका एलडिओ, समाजका अध्यक्ष अशोक राई, सामाजिक ब्याक्तित्व ईमानसिंह राई, नयाँ शक्ति पार्टीका केन्द्रीय नेता मदन राई, समाजका सल्लाहकार भगवान चाम्लिङ, कार्यक्रम उपसंयोजक भुपजित राई लगायत थिए । त्यसैगरी हस्तान्तरित भई सामान बुझिलिनेमा जिल्ला अस्पतालका प्रतिनिधि र सात वटै स्वास्थ्य चौकीका प्रतिनिधिहरुको उपस्थिति थियो । समारोह मार्फत साकेला गाउँपालिका २ रतन्छा की समाजसेवी ध्रुवलक्षी राई लाई ५० हजार नगद र ताम्रपत्र त्यसैगरी पत्रकार टंकबहादुर थापालाई नगद २५ हजार र ताम्रपत्रले सम्मान गरिएको थियो । कायएक्रमको अध्यक्षता एम्बुलेन्स हस्तान्तरण कार्यक्रम संयोजक रत्न राईले गरेका थिए । खोटाङ समाज युकेका सदस्य तथा सहयोगिहरु दाताहरु प्राय भूतपूर्व गोर्खावृटिस सैनिक र तिनका सन्तानहरु छन् । एम्बुलेन्स तथा अस्पतालका लागि सामग्री उपलब्ध गराएकामा आदिवासी जनजाती महासंघ खोटाङ , किरात राई यायोक्खा खोटाङ लगायतले ¥याली गरेर स्वागत तथा सम्मान गरेको थियो ।
खोटाङमा भरपर्दो अस्पताल र डाक्टरको समस्या हुनुका साथै रिफर हुने विरामीलाई तुरुन्त टाढाको अस्पतालमा लैजान एम्बुलेन्सको अभाब थियो । उपचार गर्न समयमा अस्पताल नपुग्दा पनि धेरै विरामीहरुले अकालमा ज्यान गुमाउनु परेको थियो । केही महिना पहिले मात्र बुईपाका शिक्षक दिपक चाम्लिङ राई निमोनियाको उपचार गर्न अस्पताल पुग्न ढीला भएकै कारण ज्यान गएको थियो ।

प्रकाशित : २७ चैत्र २०७३, आइतबार ००:००