४ बैशाख २०८१, मंगलबार । April 16, 2024

खेलकुद

सैनिक विरुद्ध पुलिस विजयी



दमक,शनिवार २६ चैत । नन्द–चन्द्रकुमारी आङदेम्बे स्मृतिकप फुटवल प्रतियोगिता झापाको लखनपुरस्थित आदिवासी रंगशालामा सुरु भएको छ ।
शनिवार भएको उद्घाटन खेलमा सैनिक युथ क्लबलाई एक का विरुद्ध २ गोल गरि पुर्व क्षेत्रिय प्रहरी तालिम केन्द्र टिम विजयी भएको हो । प्रहरीका तर्फबाट दुवै गोल सुशिल यादवले गरेका थिए भने सैनिकका तर्फबाट एकमात्र गोल बिकेश लिम्बुले गरेका थिए ।
सांसद तथा नेपाली कांग्रेस पार्टीका केन्द्रीय सदस्य भिष्मराज आङदेम्बेको प्रमुख आतिथ्यता रहेको उद्घाटन खेलमा संसद महेन्दाकुमारी लिम्बु, माओवादी केन्द्रका महाधिवेशन प्रतिनिधि गगन पुरी, राप्रपाका केन्द्रीय सदस्य प्रविण चाम्लिङ, नेपाल आदिवासी जनजाती महासंघका केन्द्रीय महासचिव नित्यानन्द ताजपुरिया, नेपाली कांग्रेसका पुरान नेता पुर्णनन्द शर्मा, महासंघ झापा जिल्ला अध्यक्ष पारसमणी राई लगायतले सुभकामना मन्तब्य दिएका थिए । उद्घाटन समारोह प्रतिष्ठानका अध्यक्ष गणेश आङलेम्बेले गरेका थिए ।
पुर्वी नेपालका ८ वटा फुटवल टिमले भाग लिएको फाईनल खेल बैशाख २ गते हुने छ । प्रतिष्ठानका सदस्य देवी आङदेम्बेका अनुसार प्रतियोगिताका विजयीले १ लाख ५० हजार नगद र प्रमाणपत्र त्यसैगरी उपविजेताले ५० हजार नगद र प्रमाणपत्र सहितले सम्मान गरिने बताएका छन् ।

प्रकाशित : २६ चैत्र २०७३, शनिबार ००:००