१६ जेष्ठ २०८०, मंगलबार । May 30, 2023

Slider samachar

मिडियामा महिलाको समान प्रतिनिधित्व माग



काठमाडौँ, २५ चैत । नेपाली मिडियामा महिलाको प्रतिनिधित्वसँगै विषयवस्तुलाई महत्वका साथ उठाउनुपर्नेमा महिला अधिकारकर्मीले जोड दिनुएका छन्।

एसोसिएसन अफ इन्टरनेसनल एनजिओ इन नेपालद्वारा यहाँ आज आयोजित ‘लैङ्गिक समानताका लागि मिडियाको भूमिका’ विषयको अभिमुखीकरण कार्यक्रममा अधिकारकर्मीले नेपाली मिडिया लैङ्गिक समानतालाई प्रबद्र्धन गर्ने र महिला सशक्तीकरणलाई बढावा दिने प्रयासमा अझै पनि सङ्ख्यात्मक रूपमा धेरै पछाडि रहेको बताएका हुन ।

मिडियाले सामाजिक र आर्थिक विषयभन्दा पनि राजनीतिक विषयलाई बढी प्राथमिकताका साथ उठाउने गरेको गुनासो उहाँहरूले गर्नुभयो । महिला अधिकारकर्मी मुना शेर्पाले समाजको परम्परावादी सोचका कारण बढ्दै गएका लैङ्गिक विभेदको अन्त्यका लागि संरचनागत र संस्थागत परिवर्तनको खाँचो औँल्याए ।

पत्रकार मञ्जु थापाले समाचार सङ्कलन गर्ने संवाददाता तथा प्रस्तोतामा पनि पुरुषको तुलनामा महिलाको सङ्ख्या अत्यन्त कम रहेको जनाउँदै सञ्चार संस्थामा नीतिनिर्माण र निर्णय प्रक्रियादेखि सबै तहमा महिलालाई पनि समान अवसर दिनु अत्यावश्यक छ भने।

प्रकाशित : २५ चैत्र २०७३, शुक्रबार ००:००