१२ चैत्र २०८०, सोमबार । March 25, 2024

मुख्य खबर

डोल्पामा नेकपा(माओवादी केन्द्र) को चुनावी सभा



डोल्पा, २५ चैत । स्थानीय तहको निर्वाचन मिति नजिकिदै गर्दा नेकपा(माओवादी केन्द्र) डोल्पाले डोल्पा जिल्लाको सदरमुकाम दुनैमा चुनावी सभा गरि चुनाव प्रचार सुरु गरेको छ ।
नेकपा(माओवादी केन्द्र) जिल्ला संगठन कमिटी डोल्पाको आयोजनामा आयोजित चुनावी सभामा नेकपा(माओवादी केन्द्र)का तर्फबाट पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत र पूर्व शान्तिमन्त्री सत्य पाहाडीले सम्बोधन गरेका थिए ।
चुनावी सभालाई सम्बोधन गर्दै सत्य पाहाडीले डोल्पाका जनताहरुलाई आफ्नो पार्टीका उम्मेदवारहरुलाई मतदान गर्न अनुरोध गरेकी थिइन् । उनले आफ्नो पार्टीले डोल्पाको विकासमा अन्य पार्टीहरु भन्दा धेरै योगदान गरेको उल्लेख गरेकी थिइन ।
कार्यालय समय भएको भए पनि जिल्ला समन्वय समितिको कार्यालयको प्राङ्गणमा आयोजित सभाको अध्यक्षता नेकपा(माओवादी केन्द्र) जिल्ला संगठन कमिटी डोल्पाका इन्चार्ज रामलाल वि. क.ले गरेका थिए । सभामा सर्वसाधारणहरु, शिक्षक, कर्मचारीहरु र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित : २५ चैत्र २०७३, शुक्रबार ००:००