१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

मुख्य खबर

नेपाली कँग्रेस डोल्पामा अगदकुमार बुढा



डोल्पा २५ चैत नेपाली कँग्रेस डोल्पाको १३ औं जिल्ला अधिवेसन सम्पन्न भएको छ । अधिवेशनले अगदकुमार बुढाको सभापतित्वमा १३ सदस्यीय नयाँ समिति निर्वाचित गरेको छ ।
सिधै बन्दसत्रबाट सुरु भएको नेपाली कांग्रेस डोल्पाको १३ औं जिल्ला अधिवेशनले सचिवमा जयस उपाध्याय, कोषाध्यक्षमा शैलेन्द्र हमाल, सदस्यहरुमा राम प्रसाद महत, लब कुमार शाही, लिलराज रोकाया, केशब रोकाया, केशे बुढा, जलसरा बुढा, तेजेन्द्र गूरुङ, हस्त बहादुर सार्की, रमा बोहोरा, धन बहादुर रावत र लक्ष्मी कुमारी शाहीलाई निर्विरोध निर्वाचित गरेको छ ।
अधिवेशनले महासमिति सदस्यमा गौरिशंकर उपाध्याय, देविकृष्ण उपाध्याय, रामप्रसाद बुढा, हिरा रोकाया र भक्तबहादुर थापालाई निर्वाचित गरेको घोषणा सभामा सार्वजनिक गरिएको छ ।
अधिवेशन सम्पन्न भएको सार्वजनिक गर्नका लागि शुक्रबार घोषणा सभाको आयोजना गरी नयँं नेतृत्व सहित जिल्ला कार्यसमिति डोल्पाको निर्वाचित कार्यमितिका पदाधिकारी एवम् सदस्यहरुको नामावली सार्वजनिक गरिएको थियो ।
नेपाली कांग्रेसको विधान बमोजिम निर्वाचन पछि जिल्ला कार्यसमितिले मनोनित गर्न बांकी उपसभापति १ जना, सचिव १ जना, सहसचिव १ जना र ४ जना सदस्य गरि जम्मा ७ जनाको पनि छिट्टै मनोनित गरिने नव निर्वाचित सचिव जयस उपाध्यायले जनकारी दिए ।
नेपाली कांग्रेसको १३ महाधिवेशन अघि तोकिएको समयमा अधिवेशन गर्दागर्दै तत्कालिन सभापति शुशिल कोइरालाको निधनबाट स्थगित भएको जिल्ला अधिवेशन एमालेबाट भर्रखर प्रवेश गरेका अंगदकुमार बुढाले विधानतः सभापति नपाउने भन्ने भएपछि एमालेमा २ कार्यकाल जिल्ला अध्यक्ष भएकाले नेपाली कांग्रेसमा सभापति पाउनु पर्छ भन्ने दावी गर्दै अंगदकुमार बुढाले केन्द्रमा दवाव गर्दै आएका थिए ।
नेपाली कांग्रेसको विधानमा पार्टीको सभापति हुनका लागि १० वर्ष क्रियाशील सदस्य रहेको हुनु पर्ने व्यवस्था छ । वारम्वार दवाव र लविङ्का कारण संविधान सभाको निर्वाचन २०७० मा विद्रोही उम्मेदवार भएको भन्दै साधारण सदस्यबाट एमालेले हटाएपछि २०७० माघमा नेपाली कांग्रेस प्रवेश गरेका अंगदकुमार बुढालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापति हुन पाउने भनि पत्र दिए पछि त्यो स्थगित भएको अधिवेशन उद्घाटन नगरी बिहिवार सिधै बन्द सत्रबाट सुरु भएको थियो ।
स्थगित हुंदा उम्मेदवारी दर्ता भैसकेको अवस्था भए पनि बिहिवार पुनः नयां कार्यतालिका बमोजिम नयां उम्मेदवारी लिएर अधिवेशन सुरु भएको हो । सभापति लगायतका विभिन्न पदमा एक भन्दा बढिको उम्मेदवारी परेको भए पनि लामो कसरतका गरि विभिन्न पद बांडफांड गर्दै बिहिवार राति ९ बजेतिर सबै पदमा निर्विरोध गरी अधिवेशन सम्पन्न गरिएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति डोल्पाले जनाएको छ ।

प्रकाशित : २५ चैत्र २०७३, शुक्रबार ००:००