१० बैशाख २०८१, सोमबार । April 22, 2024

ग्लोबल

बस र ट्रक जुध्दा जिम्बाबेमा १७ जनाको मृत्यु



हरारे, २४ चैत । जिम्बाबेको मास्भिङगो मार्गमा एउटा बस र ट्रक एकआपसमा ठक्कर खाँदा भएको दुर्घटनामा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

हरारेदेखि २२० किलोमिटर टाढा बुधबार राति दुर्घटना भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

प्रहरी प्रवक्ता चारिटी चाराम्बाले बिहीबार १७ जनाको शव निकालिएको जानकारी दिनुभयो । उहाँले अरू ४३ जना घाइते भएको र उनीहरुलाई नजिकैका स्वास्थ्य संस्थामा उपचार गराइएको बताउनुभयो ।

“बसका चालक पनि घाइते भएकाले अस्पतालमा भर्ना भएका छन् भने ट्रकका चालकको पहिचान हुन सकेको छैन, दुर्घटनाग्रस्त बस र ट्रक दुवै घटनास्थलमै रहेका छन्, दुर्घटना निकै दर्दनाक भएको छ,” उहाँले भन्नुभयो ।

प्रहरीले दुर्घटना हुनुका कारण र दुर्घटनाका दोषीको खोजी गरिरहेको प्रहरी प्रवक्ता चाराम्बाले जानकारी दिनुभयो ।

सरकार नियन्त्रित सञ्चार संस्थाले दुर्घटना भएको बसमा ६० जना यात्रु रहेको र ट्रकले टायर ढुवानी गरेको जनाएको छ ।

प्रकाशित : २४ चैत्र २०७३, बिहिबार ००:००