८ बैशाख २०८१, शनिबार । April 20, 2024

अर्थ

निःशुल्क सीम बाँड्दै टेलिकम



बागलुङ, २१ चैत । नेपाल टेलिकम बागलुङले आफ्ना ग्राहकलाई निःशुल्क रुपमा सीमकार्ड वितरण गरेको छ । यहाँ जारी चैत्राष्टमी मेलामा ‘स्टल’ नै राखेर टेलिकमले प्रिप्रेड मोबाइलको सीमकार्ड बाँडेको हो । दुई दिनमै एकहजार भन्दा बढीले सीमकार्ड लगेको टेलिकम कार्यालयले जनाएको छ ।
आउँदो बुधबारसम्म मेला भर्न आउने दर्शकलाई निःशुल्क रुपमा सीमकार्ड उपलब्ध गराइने कार्यालय प्रमुख केशव शर्माले बताउनुभयो । ग्राहकले एकप्रति फोटो र नागरिकताको प्रतिलिपि मात्र बुझाएर रु ५० ‘ब्यालेन्स’ भएको सीमकार्ड निःशुल्क पाएका छन् ।
‘बजार प्रबद्र्धनको लागि र ग्राहकको सुविधाका लागि निःशुल्क रुपमा सीमकार्ड वितरणको व्यवस्था मिलाएका हौं’ कार्यालय प्रमुख शर्माले भने ।
मेला हेर्न आएको बेला अघिपछि रु एकसय पर्ने सीमकार्ड निःशुल्क रुपमा लान पाएपछि ग्राहाक खुसी छन् । बागलुङ नगरपालिका– १२ कि बिमाया परियारले नेपाल टेलिकमले ग्राहाकको मन जित्ने काम गरेको प्रतिक्रिया दिनुभयो । उहाँले मेलास्थलमै निःशुल्क सीमकार्ड पाएकोमा खुसी व्यक्त गरे ।
सीमकार्डको ‘स्टल’ मा फाराम भर्ने र सीमकार्ड लिने ग्राहकको भीड लागिरहेको टेलिकमका कर्मचारीले बताएका छन् । मेला, महोत्सवमा यसरी नै निःशुल्क रुपमा सीमकार्ड उपलब्ध गराउँदै आएको कार्यालय प्रमुख शर्माले जानकारी दिनुभयो । टेलिकमले नयाँ मोबाइल टावर राखिएका ठाउँमा पनि केही दिनको ‘क्याम्प’ राखेर निःशुल्क सीमकार्ड बाँड्ने गरेको छ ।
जिल्लाको तमान लगायतका ठाउँमा निःशुल्क सीमकार्ड वितरणको ‘क्याम्प’ राख्ने तयारी भएको टेलिकम कार्यालयले जनाएको छ ।

प्रकाशित : २१ चैत्र २०७३, सोमबार ००:००