१६ चैत्र २०८०, शुक्रबार । March 29, 2024

खेलकुद

युनिभर्सिटी टि–ट्वेन्टी क्रिकेट



काठमाडौँ, २१ चैत । युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा युनिभर्सिटी टि–ट्वेन्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भोलि मङ्गलबारदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा उपत्यकाभित्रका १६ वटा कलेजले प्रतिस्पर्धा गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
कलेजस्तरमा रहेका प्रतिभावान् क्रिकेट खेलाडीले एउटा स्तरीय प्रतियोगिताको माध्यमबाट आफ्नो खेल कौशल देखाउन सकुन् भन्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष सुमनराज कार्कीले जानकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने पाँच खेलाडी र उदयमान अन्य तीन खेलाडीलाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले एक वर्षसम्म निःशुल्क प्रशिक्षण र प्रतियोगिता खेलाउने जनाएको छ ।
प्रतियोगिताको विजेता टोलीले ट्रफीका साथै रु एक लाख पाउनेछ भने उपविजेताले रु ५० हजार प्राप्त गर्नेछ । यही चैत २९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको अनुमानित खर्च रु १० लाख लाग्ने आयोजकको भनाइ छ ।
उद्घाटनको पहिलो खेलमा टियु कलेजले एनइसी ‘बी’ कलेजको सामना गर्नेछ भने दोस्रो खेल ग्लोबल कलेज र एनइसी ‘ए’ बीच हुनेछ ।

प्रकाशित : २१ चैत्र २०७३, सोमबार ००:००