७ बैशाख २०८१, शुक्रबार । April 20, 2024

मुख्य खबर

‘आपत्कालीन चिकित्सा प्रणाली’ प्रभावकारी बन्दै



काठमाडौँ, २१ चैत । ‘आपत्कालीन चिकित्सा प्रणाली’ कार्यक्रम अब नेपालमा पनि सुरु गरिएको छ । गत वर्षको भूकम्पमा विपद्को समयमा स्वास्थ्य सेवा कसरी दिने भन्ने पहिल्याउन नसक्दा बढी धनजनको क्षति भएकोतर्फ दृष्टिगत गर्दै नेपालमा सो कार्यक्रम सुरु गरिएको हो ।
मेडिकल टिम्स इन्टरनेसन ९एमटिआई०ले नेपाल सरकारसँगको सहकार्यमा धादिङ जिल्लामा नमुना कार्यक्रमका रुपमा ‘आपत्कालीन चिकित्सा प्रणाली’ सुरु गरेको छ ।
धादिङको तत्कालीन गाविसका प्रत्येक वडाबाट दुईजनाका दरले ९०० जनालाई तीन दिनको ‘ग्रामीण प्राथमिक उद्धारकर्ता तालिम’ र २५६ जनालाई १२ दिने ‘ग्रामीण चिकित्सक उद्धारकर्ता’ तालिम दिने लक्ष्य लिइएको छ ।
जसमध्ये हालसम्म ३५७ जनाले ‘ग्रामीण प्राथमिक उद्धारकर्ता तालिम’ र ५१ जनाले ‘ग्रामीण चिकित्सक उद्धारकर्ता’ तालिम लिइसकेका छन् ।
ग्रामीण प्राथमिक उद्धारकर्ता तालिम लिएकाहरुलाई अहिले गाउँ, टोलमा तयारी अवस्थामा राखिएको छ । गाउँमा केही हुनेबित्तिकै उनीहरुले उद्धार गर्ने, आवश्यकताअनुसार एम्बुलेन्स बोलाउने र चिकित्सकसम्म पु¥याउन समन्वय गर्नुपर्ने हुन्छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवम् सहसचिव भोगेन्द्र डोटेलले धादिङ जिल्लाको कार्यक्रमको प्रभावकारिता हेरेर छिट्टै देशैभर यो कार्यक्रम पु¥याउने लक्ष्य लिइएको जानकारी दिए ।
उनले भने–सडक दुर्घटना अत्यधिक हुने जिल्लाका रुपमा धादिङलाई छनोट गरिएको हो, दुर्घटनालगत्तै घाइतेलाई कसरी उद्धार गर्ने, उसलाई कस्तो अवस्थामा राख्ने, स्वास्थ्यकेन्द्रसम्म पु¥याउने, एम्बुलेन्सको व्यवस्थापन कसरी गर्नेलगायतका आधारभूत कुराहरु तालिमका क्रममा सिकाउँछौँ ।
मेडिकल टिम्स इन्टरनेसन नेपालका लागि देशीय प्रतिनिधि एन्डर नर्कटले गत वर्षको भूकम्पपछि आफ्नो संस्था घाइतेहरुको उद्धार र राहतका लागि नेपाल आएको र सोही क्रममा नेपालमा आपत्कालीन अवस्थामा चिकित्सकीय सेवाको आवश्यकता देखेपछि कार्यालय खोलेर काम सुरु गरेको जानकारी दिए ।
नेपालजस्तो भौगोलिक स्वरुप भएको मुलुकमा यो कार्यक्रम अनिवार्य रहेको उहाँको भनाइ छ । आफ्नो संस्थाले विश्वका ११ मुलुकमा काम गरिरहेको पनि उहाँले बताए ।
मेडिकल टिम्स इन्टरनेसन नेपालका लागि देशीय प्रतिनिधि नर्कटले भन्नुभयो–“आपत्कालीन चिकित्सा प्रणाली कार्यक्रम अरुले आएर गरीदिनेभन्दा पनि नेपाल सरकारले कार्यान्वयन गर्नुपर्छ, नेपालजस्तो भौगोलिकस्वरुप भएको मुलुकमा यस्तो कार्यक्रम देशैभर सञ्चालन गर्नुपर्छ ।
यो तालिम आफ्नै लागि हो, परिवार, समाज र छिमेकीका लागि हो भन्ने ध्येयले स्वयंसेवीका रुपमा तालिम लिएकालाई खटाइरहेको उहाँले बताए ।
नर्कटले भन्नुभयो–“घटना भएमा तत्काल के गर्ने, घाइतेलाई कसरी अस्पतालसम्म पु¥याउने र अस्पताल पुगिसकेपछि अस्पतालमा कसरी समन्वय गर्नेलगायतका तीन तहको तयारीबारे तालिम केन्द्रित हुन्छ ।
आफूहरुले बिरामी बोक्ने स्ट्रेचर वितरण गर्नेभन्दा स्थानीयस्तरमा स्ट्रेचर तुरुन्त कसरी निर्माण गर्ने, घाइतेलाई कसरी ब्यान्डेज बान्नेजस्ता सीप सिकाइने गरेकोपनि उहाँले बताए ।
एमटिआईका राष्ट्रिय कार्यक्रम निर्देशक विमल विष्टले ‘आपत्कालीन चिकित्सा प्रणाली’ लागू गर्न सहकारीको अवधारणा ल्याइएको बताए ।
उनले भने–“यो कार्यक्रममा सहभागी हुने उद्धारकर्तालाई सम्बन्धित गाउँपालिका, आमा समूह, स्थानीय समूहको संरचना तयार गरी केही रकमको व्यवस्था हुने अवधारणा लिएका छौँ ।
अहिले थप छ जिल्लामा यस्तो कार्यक्रम सञ्चालन गर्नका लागि स्वास्थ्य मन्त्रालयले आफ्नो संस्थासँग माग राखेको उहाँले जानकारी दिए ।
संस्थाले १२८ पृष्ठको ‘ग्रामीण प्राथमिक उद्धारकर्ता हाते पुस्तिका’ र १४० पृष्ठको ‘ग्रामीण चिकित्सक उद्धारकर्ता हातेपुस्तिकासमेत प्रकाशन गरिसकिएको छ ।’
नयाँ बनेको एम्बुलेन्स निर्देशिकामा एम्बुलेन्सको ड्राइभरले यो तालिम अनिवार्य लिएको हुनुपर्ने भन्ने प्रावधान रहेको जानकारी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डोटेलले दिए ।
यो कार्यक्रम अनिवार्य छ, तर यसको स्वरुप कस्तो हुने भन्ने धादिङको अनुभवबाट थपघट गर्दै लैजाने तयारी सरकारले गरिरहेको उहाँले जानकारी गराएका छन् ।

प्रकाशित : २१ चैत्र २०७३, सोमबार ००:००