८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

सुनसरीका छ सहकारी संस्था पुरस्कृत



इनरुवा, २१ चैत । सहकारी दिवसका अवसरमा सुनसरीका छ सहकारी संस्था पुरस्कृत भएका छन् ।
साठिऔँ सहकारी दिवसका अवसरमा जिल्लाका छवटा क्षेत्रबाट एक÷एकवटाका दरले छवटा सहकारी संस्था पुरस्कृत भएका हुन् ।
जिल्ला सहकारी सङ्घबाट क्षेत्र नं १ का बरुण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, क्षेत्र नं २ बाट सङ्गीनी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, क्षेत्र नं ३ बाट मुक्तिनाथ कृषि सहकारी संस्था लिमिटेड, क्षेत्र नं ४ बाट वाणिज्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड, क्षेत्र नं ५ बाट विपत सहकारी संस्था लिमिटेड हरिनगरा र क्षेत्र नं ६ बाट प्रकाश दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड पुरस्कृत भएको जिल्ला सहकारी सङ्घका अध्यक्ष दामोदर कोइरालाले जानकारी दिए ।
त्यसैगरी दिवसका अवसरमा शिवकुमार डाङ्गी, महेन्द्रबहादुर खत्री र सोमबहादुर श्रेष्ठपनि पुरस्कृत भएका थिए

प्रकाशित : २१ चैत्र २०७३, सोमबार ००:००