८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

वडा अध्यक्षमा पत्रकारको उम्मेदवारी



सिन्धुली, २१ चैत । विगत लामो समयदेखि पत्रकारिता गर्दै आएका श्यामहरि अधिकारीले वडा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसका तर्फबाट उनले उम्मेदवारी घोषणा गरेका छन् ।
अधिकारी नेपाल पत्रकार महासङ्घ सिन्धुलीका पूर्व सभापतिसमेत हुन । पछिल्लो समयमा मौलाएको भ्रष्टाचार र अनियमिततालाई रोकी समुन्नत समाज निर्माणका लागि आफूले उम्मेदवारी दिएको अधिकारीले दावी गरेका छन्।
कमलामाई नगरपालिका–४ मा काँग्रेसले आफूलाई टिकट दिनेमा ढुक्क भएको समेत अधिकारीको विस्वास छ ।
विगत २० वर्षदेखि सिन्धुलीमा पत्रकारिताका माध्यमबाट नागरिकलाई सुसूचित गराउँदै आएको दाबी गर्ने उहाँले भन्नुभयो, “मैले अहिले नगरवासीकै पहलमा उम्मेदवारी घोषणा गरेको हुँ । नेपाली काँग्रेसले मेरो बदला अरुलाई टिकट दिन्छ भन्ने लाग्दैन ।”
यता, सिन्धुलीमा अहिलेसम्म कुनै पनि राजनीतिक दलले उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा युवादेखि वृद्धसम्मको आकाङ्क्षा देखिएपछि सिन्धुलीमा दलहरुले वैशाखको पहिलो सातामा पनि उम्मेदवारको टुङ्गो नलगाउन हुन् कि भन्ने आशङ्का उब्जेको छ ।

प्रकाशित : २१ चैत्र २०७३, सोमबार ००:००