३ बैशाख २०८१, सोमबार । April 15, 2024

मुख्य खबर

सिद्धार्थनगरको मेयरका लागि एक दर्जनभन्दा बढी आकांक्षी



लुम्बिनी, २० चैत । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै रुपन्देहीमा चुनावी सरगर्मी बढेको छ । उन्नाइस वर्ष पछाडि हुन लागेको निर्वाचनमा स्थानीय तहमा प्रमुख तथा उपप्रमुख बन्ने दाउमा सबैजसो पार्टीका नेता तथा कार्यकर्ता होमिएका छन् ।
स्थानीय तहको निर्वाचनमा केन्द्रित रहेर यहाँका राजनीतिक दलले विभिन्न किसिमका अभियानलाई तीव्र पारिरहेका छन् । सरकारले आगामी वैशाख ३१ गते निर्वाचनको कार्यतालिका घोषणा गरेपछि निर्वाचन कार्यालय निर्वाचनसम्बन्धी तयारीमा जुटेको छ भने दल दलहरु नाफा घाटाको जोडघटाउमा लागेका छन् । दलहरु आफ्नो पक्षमा माहोल बनाउन मात्र केन्द्रित नभई एकअर्का पार्टीका कार्यकर्ता पनि आफ्नो पार्टीमा ल्याउने होडमा छन् ।
रूपन्देहीको सदरमुकाम रहेको सिद्धार्थनगर नगरपालिकाको मेयर बन्ने धेरैले इच्छा प्रकट गरेका छन् । चुनावको मिति नजिकिँदै गर्दा सिद्धार्थनगर नगरपालिकाको मेयरका लागि एक दर्जनभन्दा बढी आकाङ्क्षी देखापरेका छन् । त्यसमा पनि नेपाली काँग्रेस र नेकपा ९एमाले०बाट टिकट लिएर मेयरको उम्मेदवारीमा भिड्न चाहनेको सङ्ख्या बढी देखिएको छ । काँग्रेसले यतिबेला सिद्धार्थनगरका विभिन्न वडाको वडा भेला गरिरहेको छ । एमालेले पनि वडा भेला गर्ने तयारी गरिरहेको छ ।
यस्तै, माओवादी केन्द्र र राप्रपालगायत दलले पनि वडा भेला गरिरहेका छन् । मधेसी मोर्चा सम्बद्ध दलले भने वडा भेलालाई त्यति प्राथमिकता नदिए पनि भित्र भित्रै चुनावी तयारीमा जुटेका स्रोतको दाबी छ । यद्यपि उनीहरूले केन्द्रीय निर्णयबमोजिम संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने बताएका छन् । सिद्धार्थनगरमा मुख्यतः काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने धरैले आकाङ्क्षा गरेका छन् । दुवै पार्टीको तानातानीमा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि रहेको बुझिएको छ । मोर्चा चुनावमा भाग लिएको खण्डमा मोर्चाको उम्मेदवार पनि सिद्धार्थनगरको मेयरका लागि मुख्य दाबेदारमा आउने बुझिएको छ । काँग्रेसबाट मेयरका लागि जिल्ला कोषाध्यक्ष दीपक क्षेत्री न्यौपाने, निवर्तमान नगर सभापति सुरेन्द्रजङ्ग थापा, जिल्ला सदस्य ओमकुमार श्रेष्ठ, सिद्धार्थनगर सभापति दिलीप धिताल, सिद्धार्थ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष महेन्द्रकुमार श्रेष्ठ र महासमिति सदस्य गोपालमान राजभण्डारी लगायतको नाम चर्चामा रहेको छ ।
यस्तै, एमालेबाट जिल्ला कमिटी सदस्य हरिप्रसाद अधिकारी, हितराज पन्थी, जीवलाल अर्याल, उमा काफ्ले, पूर्वउपसचिव राजेन्द्रप्रसाद पन्थी, डा रामप्रसाद बस्याल र पुष्पाञ्जली उपाध्यायको नाम चर्चामा छ । राप्रपाबाट जिल्ला अध्यक्ष सागरप्रताप राणा र नेकपा ९माओवादी केन्द्र०बाट उमेश खनाल, मनिषकुमार जोशी र फैजअहमद खानको नाम चर्चामा छ । उम्मेदवार मनोनयनको एक महिना बाँकी रहँदा सिद्धार्थनगरको मेयरका लागि केन्द्रदेखि जिल्ला तहका नेताले आ–आफ्नो पार्टीभित्र लबिङ तीव्र पारेका छन् । ते¥ह वडा रहेको नगरपालिकामा ३३ हजार ६ सय १५ जना मतदाता रहेका छन् ।

प्रकाशित : २० चैत्र २०७३, आइतबार ००:००