१ बैशाख २०८१, शनिबार । April 13, 2024

मुख्य खबर

नेपाल चर्म, यौन तथा कुष्ठ रोग समाजमा डा श्रेष्ठ



काठमाडौँ, २० चैत । नेपाल चर्म, यौन तथा कुष्ठरोग समाजको दुईवर्षे कार्यकालका लागि डा सृष्टि श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
शनिबार भएको समाजको १३औँ साधारणसभाले निवर्तमान अध्यक्षमा डा. गोविन्द पोखरेल, उपाध्यक्षमा डा. सुदीप पराजुली, सचिवमा डा. सुशील पौडेल, कोषाध्यक्षमा डा. मनिषा सिंह र संयुक्त सचिवमा डा. शुभेच्छा कार्कीलाई निर्वाचित गरेको छ ।
प्रधान सम्पादकमा डा. सरस्वती शर्मा न्यौपाने र सदस्यहरुमा डा. सविना भट्टराई र अनिलकुमार दासलाई चयन गरेको काठमाडौँ मेडिकल कलेजका सहप्राध्यापक तथा समाजका सदस्य डा. सविना भट्टराईले जानकारी दिए ।
शनिबार नै समाजले आफ्नो विश्व छाला दिवस र समाजको स्थापना दिवस पारेर पहिलो पटक नेपालमा विश्व छाला दिवस पनि मनाएको छ ।

प्रकाशित : २० चैत्र २०७३, आइतबार ००:००