८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

केन्द्रीय पुस्तकालयमा नयाँ पुस्तक राख्ने ठाउँको अभाव



काठमाडौँ, १८ चैत । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय कीर्तिपुरमा नयाँ पुस्तक राख्ने ठाउँको अभाव भएको छ ।
भूकम्पले भवन भत्किएपछि पुस्तकालयलाई नयाँ थप पुस्तक राख्ने ठाउँको अभाव भएको पुस्तकालय प्रमुख सीता शर्माले जानकारी दिए ।
“भूकम्पले भवनलाई क्षति पु¥याएकाले नयाँ पुस्तक राख्ने ठाउँ छैन”, उहाँले भन्नुभयो–“अहिले सरकारसँग नयाँ भवन बनाउन माग गरेका छौँ ।” ठाउँ अभाव भएपछि नयाँ पुस्तकलाई जेनतेन गरी राखिएको पनि उनले बताए
“भवनको दोस्रो तलामा इन्जिनियरले बढी तौलका किताब नराख्न भनेका छन्”, उनले–“नयाँ पुस्तकलाई कोचेर राखेका छौँ ।”
भूकम्पले भवनमा क्षति पु¥याएपछि पुराना पुस्तक राख्ने ठाउँ अभाव भएपछि पढ्नका लागि छुट्याइएको हलमा पुस्तक राखिएका छन् । पढ्नेका लागि भने नयाँ टिनले छाएको छुट्टै टहरा बनाइएको छ । टहरामा बिहान ६ देखि साँझ ८ बजेसम्म पुस्तक पढ्ने व्यवस्था मिलाइएको छ ।
सहपुस्तकालय पूर्णलाल श्रेष्ठले ठाउँ अभावमा इन्जिनियरले नबस्नु भनेको कोठामा बसेर काम गरिरहेको बताए ।
“नयाँ भवन नभएको हुनाले नबस्नु भनेको ठाउँमा पुस्तक राखेको छ”, उनले भने–“त्यहाँ बेलाबेलामा पुस्तक लिन जानुपर्छ, जोखिम मोलेर काम गरिरहेका छौँ ।”
वार्षिक त्रिविले ६० लाख पुस्तकका लागि बजेट विनियोजन गर्ने गर्छ भने त्रिविले नेपालभर प्रकाशित जुनसुकै किताबको दुईप्रति किनेर राख्ने गरेको छ । करिब दुई हजार ५०० शीर्षकका पुस्तक त्रिविले वार्षिक रुपमा किन्ने गरेको श्रेष्ठले बताए ।
पुस्तकालयमा रहेका पुराना २५० ¥याक भूकम्पले गर्दा क्षति पुगेका छन् । बिग्रेका ¥याकमध्ये केहीलाई तारले बेरेर पुस्तक राखिएको उनले बताए ।
पुराना ¥याक बिग्रिएपछि केही दिनअघि १६० वटा ल्याएका ¥याकमा पुस्तक राखिएका छन् । पुस्तकालयमा करिब तीन लाख ५० हजार स्वदेशी र विदेशी सहित पुस्तक, जर्नल, हस्तलिखित ग्रन्थलगायत रहेका छन् ।

प्रकाशित : १८ चैत्र २०७३, शुक्रबार ००:००