८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

अधिकारकर्मीले निर्वाचनको स्वतन्त्र पर्यवेक्षण गर्नुपर्छ–आयुक्त वस्थी



नेपालगन्ज, १८ चैत । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्रकाश वस्थीले राजनीतिक विचारलाई खल्तीमा राखेर मानवअधिकारको वकालत गर्न नसकिने बताएका छन् ।
आयोगद्वारा आज यहाँ आयोजित ‘मानवअधिकारको अवस्था तथा निर्वाचन अनुगमन र चुनौती’ विषयक अन्तक्र्रियालाई सम्बोधन गर्दै वस्थीले—“राजनीतिक विचारलाई साक्षी राखेर मानवअधिकारकर्मी हुन सकिदैन, त्यसले सिङ्गो मानवअधिकारको क्षेत्रलाई कलङ्कित मात्र गर्छ ।”
अधिकारकर्मीले नागरिकको अधिकारको वकालत गर्नुपर्छ, कर्तव्यको पाठ पढाउन सक्नुपर्छ भन्दै सदस्य वस्थीले तर कसैले जात, धर्म, भूगोल, र क्षेत्रका आधारमा मानवअधिकारको वकालत गर्छ भने उ अधिकारकर्मीको श्रेणीमा नपर्ने धारणा राखे।
नेपालगन्जस्थित विभिन्न मानवअधिकारवादी संस्थाका पदाधिकारी, कानुन व्यवसायी, पत्रकार, प्राध्यापक, सामाजिक अभियन्ता, महिला तथा सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको अन्तक्र्रिया कार्यक्रममा आयोगका सचिव बेदप्रसाद भट्टराई र क्षेत्रीय निर्देशक मुरारी खरेलले मानवअधिकारलाई व्यवस्थित गर्न सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रकाशित : १८ चैत्र २०७३, शुक्रबार ००:००