११ बैशाख २०८१, मंगलबार । April 23, 2024

मुख्य खबर

खाद्य मेला सुरु



काठमाडौँ, १८ चैत । स्थानीयस्तरमा उपलब्ध हुने पोषिला खाद्य पदार्थको प्रचारप्रसार गर्ने उद्देश्यले आजदेखि काठमाडौँको भृकुटीमण्डपमा खाद्य मेला सुरु भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, कृषि उद्यम केन्द्र र नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक सङ्घको आयोजनामा भोलिसम्म सञ्चालन हुने उक्त मेलामा हिमाल, पहाड र तराई प्रदेशमा पाइने सबै प्रकारका तयारी खाद्य पदार्थको स्वाद लिनुका साथै खरिद समेत गर्न पाइने छ ।
परम्परागत पोषिला एवम् स्थानीय खाद्य पदार्थको प्रबद्र्धन गरौँं, असल पोषणका लागि खाने बानीमा सुधार गराँै’ भन्ने अभियानका साथ सुरु भएको सो महोत्सवमा तीन प्रदेशका ८२ कक्ष रहेका छन् । मेला खाद्य प्रविधि तथा पोषणको क्षेत्रमा अनुसन्धान भएका खाद्य परिकारको प्रवद्र्धन, स्वदेशी खाद्य उद्यमी तथा व्यवसायीद्वारा उत्पादित खाद्य वस्तुको प्रवद्र्धन, व्यावसायिक, वैज्ञानिक एवम् नवीनतम् खाद्य प्रविधि, खाद्य स्वच्छता र पोषण सम्बन्धी सूचना आदनप्रदान, र उत्पादकबीच सहकार्य बढाइ लोपोन्मुख पोषिला खाद्यपदार्थको जर्गेना गर्दै उपभोक्तालाई मेलामार्फत सचेत गर्न आयोजना गरिएको खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागका महानिर्देशक सञ्जिव कर्णले बताए ।
मेलामा जातीय परिकारमा नेवारी, लिम्बू, थारु, सुनुवार, राई र विविध परिकारको तयारी स्वाद र तयार नभएका सयौँ प्रकारका खाद्यन्न, अचार, दूध तथा दुग्धजन्य पदार्थ, मह, तेललगायत वस्तु समावेश छन् ।

प्रकाशित : १८ चैत्र २०७३, शुक्रबार ००:००