१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

मुख्य खबर

पत्रकारका लागि गेष्ट हाउसमा ५० प्रतिशत छुट



चितवन, १८ चैत । उद्योग वाणिज्य सङ्घ चितवनद्वारा सञ्चालित गेष्ट हाउसमा पत्रकारका लागि ५० प्रतिशत छुट दिइने भएको छ ।
नारायणी नदीको किनारमा रहेको सो गेष्ट हाउसमा एसिसहितका पाँचवटा र एसिरहित ११ वटा कोठा छन् । यसअघि सो गेष्ट हाउसमा पत्रकारलाई ३० प्रतिशत छुट दिइँदै आएको थियो ।
नेपाल पत्रकार महासङ्घ चितवन शाखाको नवनिर्वाचित कार्यसमिति र पार्षदका लागि आज आयोजना गरिएको बधाई तथा स्वागत कार्यक्रममा सङ्घका अध्यक्ष राजन गौतमले सो घोषणा गरेका हुन् । सो अवसरमा उहाँले समाचार सङ्कलन गर्न देशका जुन कुनै कुनाबाट चितवन आउने पत्रकारलाई सो सुविधा प्रदान गरिने बताए ।
पार्किङसहितको सो गेष्ट हाउसमा रहेका एसि कोठालाई रु एक हजार ५०० देखि रु एक हजार ७५० सम्म र एसि नभएका कोठालाई रु नौ सय भाडा लिने गरिएको छ । उक्त सुविधासँगै बाहिरी जिल्लाबाट चितवन आउने पत्रकार प्रत्यक्ष रुपमा लाभान्वित हुने पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडा बताउँछन् ।

प्रकाशित : १८ चैत्र २०७३, शुक्रबार ००:००