७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

अर्थ

छुर्पी उद्योगबाट मासिक एक लाख आम्दानी



तेह्रथुम, १८ फागुन । श्रम गरे आफ्नै गाउँठाउँमा बसेरै मनग्य कमार्इ गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् छ, हमरजुङ– ७ का ४७ वर्षीय अमरकृष्ण बस्नेत ।
छ बर्ष मलेसिया बस्दा उनले निकै दुःख पाए । घर जग्गा धितो राखेर विदेशिए । ‘विदेश पुगेपछि गर्ने दुःख स्वदेशमै गरे त्यहाँ भन्दा राम्रो कमाइ गर्न सकिने रहेछ,” बस्नेतले भने । मलेसियाबाट फर्केपछि अहिले उनले गाउँमै दुग्ध परिकार उद्योग खोलेमन छन् ।
सुरुमा चारजना साथीसँग मिलेर खोलेको सो उद्योग उनले एक वर्षदेखि आफ्नै बनाएर संचालन गरिरहेका छन् । बस्नेतको दुग्ध परिकार उद्योगमा हाल छुर्पी, नौनी, र पनिर उत्पादन हुन्छ । उद्योगबाट मासिक करिब सात क्विन्टल छुर्पी, चार सय किलो नौनी उत्पादन हुने गरेको उनको भनाई छ ।
“पनिर माग गरेअनुसार मात्रै बनाइन्छ । उत्पादित छुर्पी र नौनीका लागि बजारको कुनै समस्या छैन, घरैबाट बिक्री हुन्छ,” उनले भने । उत्पादित छुर्पी इटहरीहुँदै काठमाडौँ तथा अमेरिकातर्फ समेत निर्यात गरिन्छ । नौनी ऊर्लाबारी, विराटनगर, धरानलगायत सहरमा खपत हुन्छ ।
हाल बस्नेतले छुर्पी घरैबाट प्रतिकिलो रु ८५० र नौनी प्रतिकिलो रु पाँच सयमा बिक्री गरिरहेमन छन् । उद्योगबाट मासिक रु १० लाख सम्मको कारोबार हुने गरेको उनको भनाई छ । सबै खर्च कटाएर रु एक लाखसम्म बचत हुने बस्नेतले बताए ।
दुध प्रति लीटर रु ४५ मा खरिद गर्ने गरेका छन् । उद्योगमा दैनिक ६ सय लिटरसम्म दूध खपत हुन्छ । रु सात लाख लगानी रहेको सो उद्योगमा दूध उमाल्ने, फटाउने, छान्ने, मेसिनमा पेल्ने, क्रिम काट्ने, आगोमा सुकाउने, काटेर टुक्रा पार्नेलगायतका काममा चार जनालाई रोजगारी समेत मिलेको

प्रकाशित : १८ चैत्र २०७३, शुक्रबार ००:००