१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

मुख्य खबर

आशिष स्मृति पुरस्कार सीतालाई



इलाम, १७ चैत । नेपाल पत्रकार महासङ्घ इलाम शाखाले प्रत्येक वर्ष वैशाख १ गतेका दिन प्रदान गर्दै आएको आशिष स्मृति पत्रकारिता पुरस्कार यसपटक ताप्लेजुङकी पत्रकार सीता निरौलालाई प्रदान गर्ने भएको छ ।
मेची अञ्चलका एक उत्कृष्ट पत्रकारलाई प्रदान गरिँदै आएको सो पुरस्कारबाट पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशील सीतालाई दिने निर्णय गरिएको महासङ्घ इलाम शाखाकी अध्यक्ष कोकिला ढकालले बताइन् ।
सीता बिबिसी र अन्नपूर्ण पोष्ट दैनिक ताप्लेजुङकी संवाददाता छिन् । विगतमा पाँच हजार पुरस्कार प्रदान गरिँदै आएको सो पुरस्कारको रकम यो वर्षबाट वृद्धि गरेर रु १० हजार बनाइएको शाखा अध्यक्ष ढकालले जानकारी दिइन्।
२०५९ साल वैशाख १ गते दुर्घटनामा परी मृत्यु भएका इलामका पत्रकार स्वर्गीय आशिष राईको स्मृतिमा नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पुरस्कारको स्थापना गरेको हो ।

प्रकाशित : १७ चैत्र २०७३, बिहिबार ००:००