७ बैशाख २०८१, शुक्रबार । April 20, 2024

मुख्य खबर

आगलागीबाट वृद्धाको मृत्यु



कलैया, १६ चैत । आगो लागेर बारा जिल्ला पिप्रावी गाविस –१ की ९० वर्षिया राजपतिदेवी सहनीको मृत्यु भएको छ ।
आफ्नै घर अगाडि आगो बालेर तापिरहेको अवस्थामा अचानक साडीमा आगो सल्केर गम्भीर घाइते भएकी सहनीको उपचारका क्रममा गए राति वीरगन्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
यसैगरी बारा जिल्ला सिहर्वा गाविस–९ नैतन बस्ने मुहम्मद आलमको गोठ घरमा गए राति आगलागी हुँदा करिब रु १० लाख मूल्य बराबरको क्षति भएको छ ।
गाईवस्तुलाई लामखुट्टेबाट बचाउन गोठमा बालेको आगो सल्कँदा दुई वटा भैँसी, एक पाडा, एक गाई, एक बाछी र चार वटा बङ्गुर जलेर मरेको जनाएको छ । कलैयाबाट आएको बारुणयन्त्र र स्थानीयवासीको सहयोगमा सो आगलागी नियन्त्रण लिएको थियो

प्रकाशित : १६ चैत्र २०७३, बुधबार ००:००