१६ चैत्र २०८०, शुक्रबार । March 29, 2024

मुख्य खबर

सांसद दुलारीको पार्थिव शरीर पार्टी कार्यालयमा



काठमाडौँ, ११ चैत । नेकपा (एमाले)का दिवङ्गत सांसद दुलारी देवीको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि अहिले सो पार्टीको केन्द्रीय कार्यालय, धुम्रबाराहीमा राखिएको छ ।

उपचारका क्रममा गएराति बिएन्डबी अस्पताल, ललितपुरमा निधन हुनुभएका सांसद देवीको पार्थिव शरीरलाई बिहान ११ बजेसम्म पार्टी कार्यालयमा राखिने र अध्यक्ष केपी शर्मा ओलीसहित नेताले श्रद्धाञ्जलि दिने एमालेका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

यही चैत ३ गते भारतको सीतामढीमा गाडी दुर्घटनामा गम्भीर घाइते सांसद देवीलाई भोलिपल्ट सो अस्पतालमा ल्याई उपचारमा राखिएको थियो । सर्लाही ब्रह्मपुरी–८ का ४८ वर्षीया देवी हाल कामपा–३४ शान्तिनगरमा बस्दै आउनुभएको थियो । उहाँका पति, दुई छोरा र दुई छोरी छन् ।

प्रकाशित : ११ चैत्र २०७३, शुक्रबार ००:००