१० चैत्र २०८०, शनिबार । March 23, 2024

ग्लोबल

एनआरएन अमेरिकाको अध्यक्षमा पुनः पौडेलको दावी



बिहिवार १० चैत, मेरिल्याण्ड । आगामी अप्रिल २० र २१ मा हुन गईरहेको एनआरएन अमेरिकाको चौथो साधारणसभा मार्फत डा. केशव पौडेलले अध्यक्षमा पुनः उमेद्वारी दिने बताएका छन् ।
टुडिखेलका प्रतिनिधि सँगको कुराकानिमा पैडेलले भने, आफुले थालेको एजेण्डाहरु पुरा गर्नका लागि दोश्रो कार्यकाल सम्म अध्यक्षमा रहनु आवस्यक भएको बताए । नेपाललाई समृद्ध बनाउन धेरैभन्दा धेरै सहयोग हुने खालको योजनाहरु भैरहेको पौडेलले बताए । एनआरएनको पहलमा नेपालमा हाईड्रोपावरमा लगानी गर्ने, स्वास्थ्य तथा अस्पताल, पर्यटन उद्योग जस्ता महत्वपुर्ण क्षेत्रमा लगानि गर्नकालागि कामहरु भैरहेको यसलाई सफल बनाउन आफ्नो उमेद्वारी आवस्यक रहेको वताए । उनले अमेरिकाको मुलधारको राजनीतिमा नेपालीमुलका नागरिकको पहुँच पुर्याउन, नेपालीको सघन बसोवास रहेको ठाउँहरुमा नेपाली कम्युनिटी सेण्टर स्थापना कार्य भैरेको छ । यसलाई निरन्तरता दिने लगायत नेपाली नागरिकताको सवाल पनि चुनावी एजेण्डा हुने बताए । यी वाहेक अन्य एजेण्डा चाँडै सार्वजानिक गर्ने पनि डा. केशव पौडेलले बताए ।
उता अध्यक्ष उमेद्वारी दिने बताउँदै आएका अर्का ब्याक्ति गौरी जोशीले आफुले अध्यक्ष जित्ने सम्भावना देखेपछि आफ्नो उमेद्वारीनै रोक्ने खेल भैरहेको बताएका छन् । उनले आफुलाई कानुनको बाधा देखाएर केहीले अवरोध गरेपनि आफुले त्यही कानुन टेकेर अध्यक्षको उमेद्वारी दिने बताएका छन् । पौडेल र जोशी सहित अध्यक्षका दावेदार देखापरेकाहरुमा न्युयोर्क च्याप्टरका वर्तमान अध्यक्ष तेम्बा शेर्पा, कृष्ण पोख्रेल, राम सि पोख्रेल, रबिना थापा, बन्दना कोईराला छन् ।
यसैविच केन्द्रीय सचिवको लागि विष्णुमान प्रधानले उमेद्वारी दिने टुडिखेललाई बताएका छन् । हाल एनआरएनको बोर्डअफ डाईरेक्टर रहेका प्रधानले आफ्नो जित हुने विस्वास ब्यक्त गरे । त्यसैगरी न्युयोर्क च्याप्टरको अध्यक्षका लागि केशव राम राईले उमेद्वारी दिने बताएका छन् । दशकौं वर्ष न्युयोर्कमा सामाजिक सेवामा लागेका राईले पनि आफ्नो जित हुने विस्वास ब्यक्त गरे । राई सहित रामहरी अधिकारी र विवेक पौडेलले समेत अध्यक्षमा उमेद्वारी दिने बताईएको छ । भर्खरै सम्पन्न सदस्य थप कार्यक्रम पछि एनआरएन अमेरिकाको सदस्य संख्या १६ हजार ८ सय ८२ कायम भएको छ । यस अघि १० हजार ६ सय सदस्य रहेको प्रधानले बताए ।

प्रकाशित : १० चैत्र २०७३, बिहिबार ००:००