१० बैशाख २०८१, सोमबार । April 22, 2024

मुख्य खबर

मेरो राजनीतिक छविमा प्रहार गर्न खोजियोः लिम्बू



पथरी । नेकपा (माओवादी केन्द्र) पथरीशनिश्चरे नगरपालिकाका संयोजक जहरमान लिम्बूले कोशि टप्पु वन्यजन्तु आरक्ष जग्गा सट्टाभर्नाको बिषयलाई लिएर आफ्नो राजनीतिक छविमा धक्का पु¥याउन खोजिउएको बताएका छन ।
मंगलबार पार्टीको तर्फबाट पत्रकार सम्मेलनको आयोजना गरी लिम्बूले यस्तो बताएका हुन ।
कोशी टप्पु वन्यजन्तु आरक्ष जग्गा समस्या समाधान समितिले गत चैत्र २ गते मोरङको पथरीशनिश्चरे नगरपालिका स्थित मुख्य सडक दक्षिण भुटानी शरणार्थी शिविरको जग्गा नाप्न सरकारी अमिन रमेश यादवलाई पठाएको थियो । जग्गा नाप्न लाग्दा पशुपति सामुदायिक वन उपभोक्ता समितिले पक्रेर सरकारी गाडि सहित वन कार्यालयलाई बुझाएको थियो ।
सोही विषयलाई लिएर चैत्र ५ गते नेकपा एमाले नगरसमितिका अध्यक्ष रमेश दाहाल र उपाध्यक्ष विन्दा राईले पत्रकार सम्मेलनको आयोजना गरी वन क्षेत्र नापि गर्ने जहरमान लिम्बू भएको विज्ञप्तिमा उल्लेख गरेका थिए ।
एमालेद्वारा वितपरित प्रेस विज्ञप्तिप्रति ध्यान आकर्षण भएको लिम्बूद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । ‘एमालेको विज्ञप्ति आगामि स्थानीय तहको निर्वाचनलाई मध्य नजर गरेर फगत मेरो व्यक्तिगत राजनीतिक छविमाथि आक्षेप लगाएको र उक्त आरोपहरु केही सञ्चार माध्यमहरुमा मार्फत समाचार प्रकाशन÷प्रशारण भएकोले उक्त आरोपको खण्डन गर्दछु ।’ लिम्बूद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘उक्त आरोपप्रति घोर आपत्ति प्रकट गर्दछु ।’
सरकारले उमेद थापाको नेतृत्वमा गठन गरेको कार्यदलका सदस्य हुन । पत्रकार सम्मेलनमा लिम्बूले उक्त जग्गा नापि गर्न स्थानीय कसैलाई जानकारी नहुनु प्रकृयागत तृटी भएको बताएका छन् ।
एमालेले घट्नामा सिंङ्गो कार्यदलभन्दा माथि मेरो नाम प्रचार गरिनु कति न्यायोचित कुरा हो ? प्रश्न गर्दै विज्ञप्ति र पूर्वाग्रही मानसिकताबाट ग्रसित भएको उल्लेख छ ।
२०६८ साल साउन ३२ गते र ०७१ भाद्र ५ गते पथरीशनिश्चरे नगरपालिका स्थापना गर्न राजनीतिक दलहरुवीच सहमतिहुदा भुटानी शरणार्थी शिविर उठेपछि त्यस जग्गामा नगरपालिकाको भवन निर्माण गर्न र भवन नबनेसम्म तत्काल अस्थायी कार्यलाई साबिक पथरी गाबिसको कार्यालयमा नपा कार्यालय सञ्चालन गर्ने भन्ने साविक पथरी र शनिश्चरेका अस्तित्वमा रहेका सवै दलका नेताहरुको लिखित निर्णय नै भएको त्यहा उल्लेख छ ।
एमालेले उक्त जग्गामा कोशि टप्पुका मानिसहरु आउने भए अब जग्गा नम्बरी बन्ने भयो र दलहरुवीच भएको सहमतिको आधारमा नपाको कार्यालय भवन सर्ने सम्भावनालाई छेक्न याहाँ भूमाफियाहरुको चलखेल हुन लाग्यो भन्ने विज्ञप्ति प्रकाशन गरेर स्थानीय सरोकारवालाई भ्रम पार्न खोजिएको बताइएको छ ।
उक्त जग्गामा स्थानीय जनता साविक शरणार्थी शिविरलाई घना जंगल बनाएर शिरकट्टा अवस्थामा बस्ने पक्षमा नभएको तर्क गरिएको छ । पशुपति सामुदायिक वन क्षेत्रमा आम उपभोक्ताहरुको समेत सहमतिमा कानूनी प्रकृया पुरा गरेर नगरपालिका भवन, सुविधासम्पन्न सरकारी अस्पताल, खेलमैदान (कबरहल) बस पार्क लगायतका सार्वजनिक भौतिक संरचना निर्माण गरेर साविक शनिश्चरे भूगोलको उत्तर निकासलाई खुल्ला गरेर सो ठाउँको विकास गर्न चाहेको भन्दै जनताको चाहनासँग आफू सहमत भएको बताइएको छ ।
एमालेले जनताको चाहनालाई भूमाफियाहरुको चलखेल भन्ने आरोप लगाएको लिम्बूको विज्ञप्तिमा उल्लेख छ । जनताको चाहनालाई छेक्न खोजियो भने यसको विरुद्ध याहाँका जनताहरु नपाको कार्यालय भवनको लागि फेरी आन्दोलनमा उत्रिन सक्ने सम्भावना रहेको बताइएको छ । त्यो बेला उत्पन्न हुने कुनैपनि अप्रिय परिणामको जिम्मा एमाले स्थानीय नेताहरुले लिनुपर्ने बताइएको छ ।
कोशि टप्पु वन्य जन्तु आरक्ष पीडितहरुको लागि जग्गा शिफारिस मोरङ, सुनसरी र उदयपुर मध्ये जाँहाको पनि हुनसक्छ वा मुआब्जा फिर्ता पनि गर्न सकिने भएकोले भूमाफियाहरुसँग मिल्यो भनेर मेरो नाम उल्लेख गरेर याहाँको सुकुम्बासी जनताहरुको वीचमा बद्नाम गर्ने काम तुरुन्त रोक्न लिम्बूले आग्रह गरेका छन् ।

स्थानीय एमाले नेताको नेतृत्वमा विभिन्न संघ÷संस्था र व्यक्तिको नाममा सार्वजनिक जग्गा विक्री गरेको कुरा जनताले नबिर्सेको उल्लेख गर्दै सो बिषय पुरै भूलेर आफ्नो बद्नाम गर्ने नियतले झुटा प्रचार हुदै आएको कुरा जनताले बुझिसकेका विज्ञप्तिमा उल्लेख छ
व्यक्तिगत रुपमा आफू २०३६ सालदेखि आजसम्म सुकुम्बासीहरुकै पक्षमा संघर्ष गर्दै आएको दावि गर्दै २०७१ सालमा सुकुम्बासीको पक्षमा २३ दिन हिरासतमा बसेको कुरा यस क्षेत्रका सवै पक्षलाई जानकारी भएको त्याहा उल्लेख छ । धनिपुर्जा वाला र सुकुम्बासीहरुलाई ४० र ६० प्रतिशतमा मिल्नुपर्छ भनेर सुकुम्बासीले भोगचलन गरेको जग्गा बाँड्नुपर्छ भनेर एमालेका स्थानीय नेताहरुको विरुद्ध अहिलेसम्म आफू उभिएको दावि गरेका छन् ।
स्थानीय तहको निर्वाचनमा आफू र आफ्नो पार्टीसँग तर्सियर आपूm विरुद्ध एमालेद्वारा प्रकाशित विज्ञप्तिको भ्रममा नपर्न लिम्बूले आग्रह गरेका छन । पत्रकार सम्मेलनमा नगर इन्चार्ज दिनानाथ तिम्सिना, सह—इन्चार्ज बालकुमार मगर (बिकास), स्थानीय नेताहरु बेदनिधि खनाल, कमल हाङबाङ्ग लिम्बू लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : ९ चैत्र २०७३, बुधबार ००:००