११ श्रावण २०८१, शुक्रबार । July 27, 2024

मुख्य खबर

बालविवाहका कारण महिलामा मानसिक समस्या



रुकुम, ९ चैत । बालविवाहका कारण ग्रामीण भेगका महिला मानसिक समस्या झेल्दै आएका छन् ।
बालविवाह गर्नेलाई कानुनी कारबाही नहुँदा बालविवाह घट्न सकेको छैन् । जनचेतनाको कमीले गाउँमा अझै पनि सानै उमेरमा विवाह गर्ने गरेका छन् । यसबाट महिला हिंसाका घटनामा समेत वृद्धि भएको छ । बहुविवाह र सम्बन्धविच्छेदका घटना समेत बढ्दै गएका छन् ।
बालविवाहकै कारण कतिपय महिलाले आत्महत्या समेत गर्ने गरेका महिला अधिकारकर्मी मनिषा भण्डारी बताउनुहुन्छ । बालविवाह न्यूनीकरणका लागि अभिभाकलाई सचेत गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । अन्तर्जातीय विवाह भएमा झगडा प्रहरीसम्म पुग्ने र अन्य भए गाउँमै मिलाउने गरेको भण्डारीले बताए ।
गाउँमा बालविवाह भए पनि आपसी मिलेमतोमा कुरा मिलाउने तथा प्रहरीसम्म पुगे पनि लेनदेनमा कुरा मिलाउने प्रचलन रहेको छ । बालविवाहसम्बन्धी मुद्दा चलाउन समस्या रहेको प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी बताउनुहुन्छ । “दुवैपक्षको सहमति भएपछि मुद्दा चलाउन समस्या हुने गरेको छ,”

प्रकाशित : ९ चैत्र २०७३, बुधबार ००:००