१२ बैशाख २०८१, बुधबार । April 25, 2024

अर्थ

जर्मन संस्थाले बनाएको आवास हस्तान्तरण



त्रिशूली, ८ चैत । जर्मन संस्था क्यारी सिमु इवीको सहयोगमा नुवाकोटको चारघरेमा निर्माण गरिएको भूकम्प प्रतिरोधी आवास सञ्चालनमा ल्याइएको छ ।
हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सीता मिजारलाई घरको साँचो हस्तान्तरण गर्दै संस्थाले बनाएका ३० वटा घरको हस्तान्तरण गरेका थिए ।
जर्मनीमा बसोबास गर्दै आएका नेपालीले स्थापना गरेको संस्थाको सहयोगमा विदुर नगरपालिका–१२ साविकको चारघरे–३ मा रहेका विपन्न तथा पिछडिएका बासिन्दाका लागि निर्माण गरिएको भवन हस्तान्तरण गर्दै भूकम्पले पु¥याउने क्षतिको प्रतिकारस्वरुप भूकम्पप्रतिरोधी आवास निर्र्माण गरेर सुरक्षित रहनुपर्ने हास्य कलाकार श्रेष्ठले सुझाव दिए ।
भवन हस्तान्तरण कार्यक्रममा हास्य कलाकार हरिवंश आचार्यले स्थानीय स्रोत र साधनको प्रयोग गरी कम लगानीमा निर्माण भएको भवनलाई अन्य स्थानमा समेत अनुसरण गर्न सिकाउनुपर्ने बताए ।
बोरामा माटो भरेर त्यसकै गाह्रो बनाएर निर्माण गरिएको भवनमा बाहिरबाट सामान्य रुपमा सिमेन्टको ढलान गरी एक घर बनाउँदा रु तीनलाख खर्च भएको संस्थाका संयोजक डा रोशी सोइटरले बताए ।
क्यारी सिमु इवी संस्थाले चारघरेमा १५० घर बनाउन अनुमति लिएकाले बाँकी घर निर्माणको प्रक्रियामा रहेका छन् ।

प्रकाशित : ८ चैत्र २०७३, मंगलबार ००:००