६ बैशाख २०८१, बिहिबार । April 18, 2024

मुख्य खबर

अठहत्तर मतदान केन्द्र निर्धारित



भक्तपुर, ८ चैत । स्थानीय तहको निर्वाचनका लागि जिल्लामा ७८ मतदान केन्द्र निर्धारण गरेको छ ।
जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जिल्लाका चार नगरपालिकाका लागि मतदान केन्द्र सिफारिस गरेर निर्वाचन आयोगमा पठाएको कार्यालयका प्रमुख उमेश राईले जानकारी दिनुभयो । सोअनुसार भक्तपुरमा १७, मध्यपुरथिमिमा १७, सूर्यविनायक २३ र चाँगुनारायण नगरपालिकामा २१ मतदान केन्द्र निर्धारण गरिएको छ ।
कार्यालयले निर्वाचनका लागि आवश्यक कर्मचारीको लगत सङ्कलन र तालिमको व्यवस्थापनका लागि तयारी सुरु गरेको उहाँले जानकारी दिनुभयो । जिल्लामा ८३ हजार दुई सय ६६ महिला र ७९ हजार छ सय २३ पुरुष मतदाता छन् ।

प्रकाशित : ८ चैत्र २०७३, मंगलबार ००:००