५ बैशाख २०८१, बुधबार । April 17, 2024

मुख्य खबर

संसदीय दलको बैठक नियमित गर्न मा



काठमाडौँ, ८ चैत । नेकपा (माओवादी केन्द्र)मा सरकार गठनपछि पार्टी संसदीय दलको बैठक बस्न नसकेको जनाउँदै नियमित गर्न माग गरिएको छ ।
माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको बैठकमा सहभागी सांसदले सरकार गठनपछि दलको बैठक नबसेको भनी आपत्ति जनाएका हुन् ।
बैठकमा पार्टी र स्थानीय तहको निर्वाचन र संसद् चालु अधिवेशनका विषयमा सातै प्रदेशका प्रदेश संयोजकले आआफ्ना धारणा राखेका थिए । संसदीय दलका प्रमुख सचेतक टेकबहादुर बस्नेतले पार्टीभित्र देखिएका समस्या, चुनौती, साङ्गठनिक अवस्थाका बारेमा बैठकमा छलफल भएको जानकारी दिए ।
उनका अनुसार पार्टी सरकारमा गएपछि दलको बैठक बस्न नसकेको प्रति सांसदहरुले विरोध गर्नुभएको थियो । पछिल्लो सरकार गठनपछि बसेको यो नै पहिलो बैठक हो । बैठक नियमित गर्न पनि उहाँहरुले माग गरेका छन् ।
प्रमुख सचेतकका अनुसार प्रधानमन्त्री चीन जाने विषयमा पनि छलफल भएको थियो । दलको बैठक बिहीबार बिहान ८ बजे बस्ने गरी स्थगन भएको छ ।

प्रकाशित : ८ चैत्र २०७३, मंगलबार ००:००