१४ बैशाख २०८१, शुक्रबार । April 27, 2024

मुख्य खबर

गुरूङ मृत फेला



इलाम सन्दकपुर गाउँपालिका–४ मावुका एक व्यक्ति सोमबार मृत अवस्थामा भेटिएका छन् ।
स्थानीय ५३ वर्षीय गणेश गुरूङ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । गुरूङलाई स्थानीयले मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
गुरूङ बाटो छेउमा घोप्टो परेर लडिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घाँटी छेउमा चोटपटक लागेको अवस्थामा शव फेला परेकाले लडेर मृत्यु भएको वा हत्या भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक सुशीलकुमार यादवले बताए।

प्रकाशित : ८ चैत्र २०७३, मंगलबार ००:००