२८ चैत्र २०८०, बुधबार । April 11, 2024

मुख्य खबर

निर्वाचन क्षेत्र निर्धारण विधेयक पारित



काठमाडौँ, ७ चैत । व्यवस्थापिका–संसद्ले ‘निर्वाचन क्षेत्र निर्धारण विधेयक, २०७३’ लाई बहुमतले पारित गरेको छ ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
बैठकमा विधेयकमाथिका संशोधनकर्ता भारतबहादुर खड्का, राजेन्द्र पाण्डे, रेवतीरमण भाण्डारी, गुरु बुर्लाकोटी, रामनारायण बिडारी, अग्निप्रसाद खरेलले फिर्ता लिएका थिए भने सांसद प्रेम सुवाल, अनुराधा थापा र मीना पुनको संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिएकोमा सदनको बहुमतले अस्वीकार गरेको थियो ।
विधेयकमाथि प्रमुख प्रतिपक्ष दलले राखेको अधिकांश संशोधनलाई सरकारले स्वीकार गरेको हुँदा विधेयक बहुमतका आधारमा पारित भएको हो ।
यसअघि मन्त्री नायकले ‘निर्वाचन क्षेत्र निर्धारण विधेयक, २०७३ माथिको दफाबार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए।

प्रकाशित : ७ चैत्र २०७३, सोमबार ००:००