६ बैशाख २०८१, बिहिबार । April 18, 2024

मुख्य खबर

वरिष्ठ नेता राणा घाइते



काठमाडौँ, ७ चैत । विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था हटाउने निर्वाचन आयोगको निर्णय विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले आज निकालको विरोध जुलुस प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ । झडपमा परी पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणासहित केहि कार्यकर्ता समान्य घाइते भएका छन् ।
निर्वाचन आयोगको कार्यालय घेराउ गर्न पुगेका राप्रपाका नेता तथा कार्यकर्ताहरुले जमलमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग झडप भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठी र अश्रु ग्यास प्रहार गरेका थिए ।
समान्य घाइते भएका वरिष्ठ नेता राणाले शान्तिपूर्ण तवरले राजनीतिक गतिविधि सञ्चालन गर्दा प्रहरी दमन भएकोमा दुःख व्यक्त गर्दै निर्वाचन आयोगले सो विषयलाई पुनः विचार नगरेमा पार्टी सरकारबाट बाहिरिन सक्ने सङ्केत गरे।

प्रकाशित : ७ चैत्र २०७३, सोमबार ००:००