१२ बैशाख २०८१, बुधबार । April 24, 2024

मुख्य खबर

नारायणीमा हाम्फालेका सैनिक जवान अझै भेटिएनन्, महिलाको सकुशल उद्धार



रत्ननगर (चितवन), ७ चैत । चितवनको देवघाटबाट नारायणी नदीमा हाम्फालेर बेपत्ता भएका सैनिक जवानको अवस्था अझै फेला पार्न सकिएको छैन ।

यही चैत ५ गते अपराह्न चितवनको भरतपुर महानगरपालिका–१ स्थित देवघाटबाट नारायणी नदीमा एकजना युवतीसहित सैनिक जवान सरोज पोखरेल नदीमा हाम्म फालेका थिए ।

स्थानीयले दिएको जानकारीका आधारमा प्रहरी टोलीले महिलालाई सकुशल उद्धार गरे पनि पोखरेल बेपत्ता भएका थिए । आजसम्म पनि उनको अवस्था पत्ता नलागेको र खोजी जारी रहेको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी टोलीले स्थानीय बोटेको सहयोगमा चितवन भरतपुर महानगरपालिका–२२ कि १८ वर्षीया सम्झना पौडेललाई उद्धार गरेको भए पनि पोखरेल भने बेपत्ता रहेका उहाँले बताउनुभयो ।

भरतपुर–२१ का २२ वर्षीय पोखरेल नेपाली सेनाको विपद् व्यवस्थापन गण, रसौली चितवनमा कार्यरत थिए । उनको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरु दुवै जना प्रेमीप्रेमीका रहेको जानकारी आएको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ७ चैत्र २०७३, सोमबार ००:००