८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

पाथीभरा मन्दिर जाने पैदलमार्गको स्तरोन्नतिमा नेपाली सेना जुट्यो



ताप्लेजुङ, ७ चैत । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा जाने पदमार्गको स्तरोन्नतिका लागि नेपाली सेना जुटेको छ ।

पाथीभरा मन्दिर जाने तीर्थयात्रीलाई पैदलयात्रा गर्न सहज होस् भन्ने उद्देश्यले काफ्लेपाटीभन्दा माथिको भागको पैदलमार्गको स्तरोन्नतिका लागि नेपाली सेना जुटेको हो ।

यहाँस्थित नयाँ रणभिम गुल्मका गुल्मपति रवि केसीका अनुसार पहिलो चरणमा नमुना स्वरुप ३०० मिटर बाटोमा ढुङ्गा छाप्ने काम सुरु भएको र बाटोमा तीन मिटर चौडाइमा ढुङ्गा बिच्छ्याइने छ ।
बिच्छ्याइने ढुङ्गाको व्यवस्था पाथीभरा क्षेत्र विकास समितिले गरेको हो । निर्माण कार्यमा १०० जना सेनाको टोली खटिएको छ ।

यसैबीच पदमार्गमा फोहर व्यवस्थापन गर्ने र अखण्ड दीप जडान गर्ने समेत तयारी भएको सेनाले जनाएको छ । वार्षिक लाखौँको सङ्ख्यामा दर्शनार्थी पुग्ने पाथीभरा मन्दिरमा जान सदरमुकामदेखि तल्लो फेदीसम्म यातायातको व्यवस्था रहेको छ भने सोभन्दा माथि मन्दिरसम्मको पैदलयात्रालाई सहज बनाउन बाटो स्तरोन्नतिको काम सुरु गरिएको हो ।

प्रकाशित : ७ चैत्र २०७३, सोमबार ००:००