८ बैशाख २०८१, शनिबार । April 20, 2024

ग्लोबल

भारतमा छ जना नक्सालवादी मारिए



नयाँदिल्ली, ६ चैत । भारतको छत्तिसगढ राज्यमा आइतबार भएको गोली हानाहानमा परी ६ जना नक्सालवादीको मृत्यु भएको छ भने, अरु दुई जना प्रहरी घाइते भएका छन् ।
छत्तिसगढको राईपुरदेखि ३५० किलोमिटर दक्षिणतर्फ पर्ने दन्तेवाडा जिल्लामा घटना भएको प्रहरीले जनाएको छ ।
“आज घाइते भएका मध्ये ६ जनाको मृत्यु भएको छ, घाइते प्रहरीहरुको उद्धारगरी स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ,” एक प्रहरी उच्च अधिकारीले भन्नुभयो । उहाँले त्यस क्षेत्रमा प्रहरीले खोजी अभियान चलाएको पनि जानकारी दिनुभयो ।
भारतका विभिन्न ठाउँँमा हिंसात्मक गतिविधि र विद्रोह गरिरहेका नक्सालवादीहरुलाई माओवादी पनि भन्ने गरिन्छ । पश्चिमी बङगाल राज्यको नक्सालबारी गाँउबाट उनीहरुले १९६७ मा विद्रोही र हिंसात्मक गतिविधि सुरु गरेका हुन् ।
अहिले मध्य र पूर्वी भारतका धेरै जिल्लाहरुमा माओवादी गतिविधि भईरहेको छ ।
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले नक्सालवादीहरुको गतिविधिलाई भारतको सवै भन्दा ठूलो आन्तरिक सुरक्षा चुनौतीका रुपमा व्यख्या गरेका थिए।
गत हप्ता मात्रै भारतको सुकम जिल्लमा नक्सालवादीहरुले थापेका एम्बुसमा परी १२ जना प्रहरी मारिएका थिए । रासस ÷सिन्ह्वा

प्रकाशित : ६ चैत्र २०७३, आइतबार ००:००