१० बैशाख २०८१, सोमबार । April 22, 2024

मुख्य खबर

विदेशी मुद्रासहित विमानस्थलबाट महिला पक्राउ



काठमाडौँ, ५ चैत । नेपाल एयरलाइन्सको उडानबाट काठमाडौँबाट हङ्कङ जान लागेकी एक महिलालाई अवैधरुपमा लैजान लागेको विदेशी मुद्रासहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

ललितपुर नखीपोटकी पेमला लामालाई अमेरिकी डलर ३८ हजार ९५० र हङ्कङ डलर ६०० सहित आज प्रहरीले पक्राउ गरेको हो ।

लामाले सुटकेशमा अवैधरुपमा लुकाइछिपाई सो रकम लैजान लागेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ५ चैत्र २०७३, शनिबार ००:००