१० बैशाख २०८१, सोमबार । April 22, 2024

मुख्य खबर

सिंहदरबारबाट निस्कने दिसापिसाब सिंहदरबारमै व्यवस्थापन हुँदै



काठमाडौँ, ३ चैत । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार क्षेत्रबाट निस्कने झोलजन्य फोहर सिंहदरबारभित्रै व्यवस्थापन हुनेभएको छ ।

खानेपानी तथा सरसफाइ मन्त्रालयले पहिलो पटक खेर जाने झोलजन्य पदार्थ ९दिसापिसाब० र हात धँुदा प्रयोग भएका पानीको पुनः प्रयोग गर्न ओम्नी प्रोसेसर उपकरण जडान गर्ने अति महत्वकाङ्क्षी प्रस्ताव अगाडि सारेको छ ।

हाल सिंहदरभित्रबाट दैनिक कति खेराजाने झोलजन्य फोहर निस्कन्छन् भन्ने कुनै अध्ययन हुनसकेको छ्रैन । हाल झोलजन्य पदार्थ ढल मार्फत व्यवस्थापन हुँदै आएको छ ।

मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले सिंहदरबारलाई शून्य फोहररहित बनाउन र पानीको उचित सदुपयोग गर्न मन्त्रालयले ओम्नी प्रोसेसर उपकरण सिंहदरबारभित्र जडान गर्न प्रस्ताव गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्त्रालयको सो प्रस्तावलाई बिल गेट्स फाउन्डेसनले प्राविधिक सहयोग गर्ने चासो समेत व्यक्त गरेको छ । विल गेट्सले आफ्नो आम्दानीको ठूलो हिंसा फोहरजन्य पदार्थको पुनः प्रयोगमा विश्वभर लगानी गर्ने घोषणा गरेका थिए ।
सचिव उपाध्यायले सो उपकरणको रु २८ करोड पर्ने र एकपटक जडान गरेपछि लामोसमयसम्म पुनः प्रशोधनमा काम दिने जानकारी दिनुभयो ।

सो उपकरणले प्रशोधन गरेका पानी पिउनयोग्य हुने र यस्तो उपकरण विकसित देशले सरकारी तथा औद्योगिक क्षेत्रमा जडान गर्ने गरेका छन् ।

प्रकाशित : ३ चैत्र २०७३, बिहिबार ००:००