११ बैशाख २०८१, मंगलबार । April 23, 2024

मुख्य खबर

शान्ता चौधरीले भनिन् ‘पर्शुनारायण र विजय गच्छदारहरु थारु भएर पनि किन कमलरी बसेनन्’



बर्दिया, १ चैत ।  नेकपा एमालेका केन्द्रिय सदस्य शान्ता चौधरीले तराई मधेको समस्या जातिय नभएर वर्गीय भएको बताएकी छिन् । एमालेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा आज बर्दियाको गुलरीयामा भएको सभालाई सम्वोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
सभालाई सम्बोधन गर्दै भनिन ‘विजय गच्छदार र परश’नारयण पनि थारू हुन् तर उनीहरु थारू भएकैै नाममा किन कमलरी भएर बसेनन् किनकी उनिहरु गरिब थिएनन् तर शान्त चौधरी १८ वर्ष कमलरी बसे किन की म गरिब थिए त्यसकारण आजको मुद्दा जातको होइन वर्गको हो ।’ कमलरी भएर कांग्रेसको घरमा बसेका कारण काङ्गेस कस्तो पार्टी हो राम्ररी थाहा भएको उनले बताईन ।
माओवादीले सर्वहारा श्रमजीवी वर्गको मुक्तीको लागी हत्यार उठायो आज तिनी के गर्दै छन् प्रश्न गरिन । एमाले यस्तो राष्ट्रिय पार्टी हो जसले महिला राष्ट्रपति बनाए , जनजाति सभामुख बनाए , म थारुको छोरीलाई सभासद् बनाए उनले भनिन त्यस कारण म एमाले भए ।
बर्दियाको गुलरियामा आयोजित सभामा वरिष्ठ नेता झलनाथ खनाल, महासचिव इश्वर पोखरेल लगायत नेताले सम्बोधन गरेका थिए ।

प्रकाशित : १ चैत्र २०७३, मंगलबार ००:००