११ बैशाख २०८१, मंगलबार । April 24, 2024

मुख्य खबर

आदिबासी जनजातिले लगाए सिटी जुलुस



पथरी, चैत्र १ गते । नेपाल आदिवासी जनजाति महासंघले आज मोरङको पथरीमा सिटी जुलुस प्रदर्शन गरेका छन् ।
महासंघको पथरीशनिश्चरे नगर समन्वय समितिको आयोजनामा सिटी जुलुस प्रदर्शन गरेको हो । आदिबासी जनजातिहरुको अधिकार स्थापनामा सहयोग पु¥याउन उदेश्यले गठन भएको आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेजको प्रयास भएपछि महासंघले देश व्यापी रुपमा खबदारी स्वरुप विभिन्न कार्यक्रमहरु भएररु भइरहेको महासंघको केन्द्रीय महासचिव नित्यानन्द ताजपुरियाले बताए ।
महासंघ केन्द्रीय कार्यलयको कार्यक्रम अनुसार आज पथरीशनिश्चरे नगर समितिले सिटी जुलुस निकालेको हो । पूर्वी बस स्टेनबाट सुरु भएको जुलुस नगर परिक्रमापछि लोकतान्त्रिक चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
महासंघ नगर समन्वय समितिका अध्यक्ष चन्द्र तामाङको नेतृत्वमा निस्केको जुलुसमा संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य तथा लिम्बुवान राज्य समितिका महासचिव लोकसागर साम्बा, किराती राष्ट्रिय मुक्ति मोर्चाका महासचिव अर्जुन किराती, लिम्बू विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष फिपराज बेघा लगायत सहभागि थिए । कोणसभामा किरात याक्थुम चुम्लुङका मोरङ जिल्ला कार्यबाहक अध्यक्ष बिबेक लिम्बू लगायतले बोलेका थिए । आदिवासी जनजातिहरुको अधिकार स्थापनाको लागि एक थोपा रगत रहेसम्म आन्दोलान जारी रहने बक्ताहरुले बताएका थिए ।

प्रकाशित : १ चैत्र २०७३, मंगलबार ००:००