५ बैशाख २०८१, बुधबार । April 17, 2024

मुख्य खबर

पहिचानको आन्दोलनमा निरन्तर लाग्न आह्वान



काठमाडौँ, १ चैत । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले आदिवासी जनजाति, मधेसी, खस, शिल्पी लगायत उत्पीडित समुदायको पहिचान र अधिकार खोस्दै ठूला दल सत्तामा पुग्ने खेलमा लागिपरेको आरोप लगाए ।
सङ्घीय समाजवादी फोरम, शेर्पा प्रदेश समितिले गोकर्णेश्वर नगरपालिकामा आयोजना गरेको कार्यक्रममा श्रेष्ठले एमाले कुनै पनि हालतमा संविधान संशोधन रोक्न लागि परेको बताए ।
उनले पुराना दलहरूले सङ्घीयतालाई साँचो अर्थमा स्विकारेको हो भने पहिला सङ्घ र प्रदेशको निर्वाचन गराउनुपर्ने बताए। ।
कार्यक्रममा फोरमका उपाध्यक्ष रकम चेम्जोङले पहिचानसहितको सङ्घीयता भन्नु नै जातिका नामबाट राज्यको नामाकरण गर्नु र सबैलाई राज्यको पहुँचमा पु¥याउनु हो भने । अर्का उपाध्यक्ष हेमराज राईले पहिचानको आन्दोलनमा निरन्तर लागिरहन आह्वान गरे। ।

प्रकाशित : १ चैत्र २०७३, मंगलबार ००:००