२ बैशाख २०८१, आइतबार । April 15, 2024

ग्लोबल

हिमपातले अमेरिकामा आपतकालिन घोषणा



मेरिल्याण्ड, सोमबार १ चैत्र । अत्याधिक हिमपात भएपछि अमेरिकाको विभिन्न राज्यमा सरकारले आपतकालिन अवस्था घोषणा गरेको छ ।
अमेरिकाको पुर्वी भेग एटलाण्टिक महासागरसँग जोडिएको प्राय सवै राज्यहरुमा अत्याधिक हिमपात भएपछि आपतकालिन अवस्था घोषणा गरेको हो । यहाँको न्युयोर्क, पेन्सिलभेनीया, न्युजर्सी, डेलावारे राज्यमा आपतकालिन अवस्था घोषणा भएको हो । सोमवार साँझबाट हिउँ सुरु भएको मध्य राती सम्म १८ ईन्च सम्म हिउँ जमेको छ । २४ घण्टा सम्म हिउँ पर्ने अनुमान रहेको अमेरिकामा भोली सम्ममा चार फिट ज्यादा हिउँ जम्ने द वेदर च्यानल टिभीले जनाएको छ । वासिङ्टन, मेरिल्याण्ड, भर्जिनिया लगायतका राज्यहरुमा पनि अधिक मात्रामा हिउँ पर्ने क्रम जारी भएको छ । मंगलवार विहान सम्ममा यी क्षेत्रमा समेत आपतकालिन अवस्था लागुगर्न सक्ने अनुमान छ ।

प्रकाशित : १ चैत्र २०७३, मंगलबार ००:००