३ बैशाख २०८१, सोमबार । April 15, 2024

ग्लोबल

बाल आवासगृहमा आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या ४० पुग्यो



ग्वाटेमाला सिटी, ३० फागुन । अन्तर्राष्ट्रिय महिला दिवसकै दिन मध्य अमेरिकी राष्ट्र ग्वाटेमालाको एक बालबालिका पुनःस्थापना केन्द्रमा बुधबार बिहान ९नेपाली समयानुसार बुधबार राति० भीषण आगलागी हुँदा आगोले जलेर मृत्यु भएका किशोरीको सङ्ख्या ४० पुगेको स्थानीय सञ्चार माध्यमले आइतबार जानकारी दिएको छ ।

सो आगलागी बालिका तथा किशोरी बसोवास गर्ने आश्रयस्थलतर्फ भएको थियो । बुधबार भएको यस आगलागीमा परी तत्काल १९ किशोरीको मृत्यु भएको थियो ।

यस पुनःस्थापना केन्द्र आगलागीमा ज्यान गुमाउने सबै १४ देखि १७ वर्षका किशोरी भएका अधिकारीले जानकारी दिएका छन् ।

सो पुनःस्थापना केन्द्र राजधानी ग्वाटेमाला सिटीदेखि टाढा एक ग्रामीण इलाकामा अवस्थित छ । अनाथ वा दुःख र पीडामा परेका, समाजिक दुरूपयोग, शोषण वा दुव्र्यसनका सिकार भएका, जोखिममा परेका, घरपरिवारबाट त्यागिएका, बाल सुधार केन्द्र ९कारावास० को सजायाँ भोगिसकी छुटेका तर जाने ठाउँ अन्यत्र कहीँ नपाएर अलपत्र परेका बालबालिका तथा किशोरकिशोरीलाई पालनपोषण गरी आश्रयस्थल उपलब्ध गराउने प्रयोजनले राज्यद्वारा उक्त केन्द्र सञ्चालन भएको थियो ।
भर्जिन ‘अफ द एज्जम्पसन’ सेफ होम नामक उक्त पुनःस्थापना केन्द्रमा अटाइनअटाई, क्षमताभन्दा बढी बालबालिकालाई भर्ना गरिएको थियो ।

बालिकाको खण्ड ९सेक्सन० पट्टि गत बुधबार बिहान ९ः०० बजेदेखि सुरु भएको आगलागीले केही बेरमै भीषण रूप धारण गरी फैलिएकोले धनजनको यति ठूलो नोक्सान भएको थियो ।

उक्त पुनःस्थापना केन्द्रमा अटाइनअटाई बालबालिका कोचिएका मुख्य कारणले गर्दा त्यहाँ बाल–दुरूपयोग र यौनजन्य बदमासी हुने गरेकाले विगतमा बारम्बार धेरै सिकायत आउने गरेका ग्वाटेमालाको समाजकल्याण एजेन्सीका प्रमुख कार्लोस रोडासले बताए थिए

प्रकाशित : ३० फाल्गुन २०७३, सोमबार ००:००